जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानीमा गिरावट !

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानीमा गिरावट !

वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवैमा गिरावट आएको पाइएको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का अनुसार चैत पहिलो साता (चैत १–४ गतेसम्म) वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानीमा गिरावट आएको हो ।

यस अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ५ अर्ब रुपैयाँले घटेको छ । योसँगै चैत ४ गतेसम्म कुल निक्षेप ४३ खर्ब २८ अर्ब रुपैयाँमा झरेको छ । गत फागुन ३० गतेसम्म कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो ।

यस अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेको छ । गत फागुन ३० गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ रहेकोमा चैत ४ गतेसम्म घटेर ४१ खर्ब ६८ अर्ब रुपैयाँमा आइपुगेको छ ।

3470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका