जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बैंकहरुको प्राथमिकतामा पर्न छाडे यी चार क्षेत्रका कर्जा !

बैंकहरुको प्राथमिकतामा पर्न छाडे यी चार क्षेत्रका कर्जा !

नेपाल राष्ट्र बैंकले चार क्षेत्रमा जाने कर्जाको जोखिम भार बढाएसँगै अहिले बैंकहरुले ती क्षेत्रमा जाने कर्जालाई प्राथमिकता दिन छाडेका छन् । थोरै कर्जा दिँदा पनि धेरै पूँजी छुट्याउनुपर्ने भएपछि बैंकहरुको प्राथमिकतामा ती क्षेत्र पर्न छाडेका हुन् ।

बैंकहरुमा लगानीयोग्य रकम अभाव भइरहेको अवस्थामा बैंकहरुले एलसी र पहिल्यै सम्झौता भएका परियोजना बाहेकका क्षेत्रमा खासै धेरै कर्जा लगानी नगरेको पाइएको छ । त्यसमा पनि पछिल्लो समय केहि बैंकहरुको पूँजी कोष दबाबमा पर्न थालेपछि उनीहरुले यी क्षेत्रमा कर्जा दिन छोडेका हुन् ।

केन्द्रीय बैंकले आगामी असारदेखि मात्रै लागु हुने गरी शेयर धितोमा प्रवाह हुने मार्जिन कर्जा, जग्गा खरिद तथा प्लटिङमा दिइने कर्जा, हायर पर्चेज कर्जा र व्यक्तिगत अधिविकर्ष कर्जाको जोखिम भार १५० प्रतिशत पुर्याएको छ । बैंकहरुले यी क्षेत्रको कर्जाको पोर्टफोलियो ठूलो राख्दा आगामी असारमा झनै समस्या हुनसक्ने भन्दै यी कर्जाहरु घटाउन थालेका हुन् ।

चालु अर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा पनि बैंकहरुको कर्जा लगानी उच्च नै थियो । यसले गर्दा बैंकहरुको पूँजीकोषमा दबाब बढ्दै गएको छ । बैंकहरुले आफ्नो पूँजी नहेरी व्यवसाय विस्तारमा आक्रामक हुँदा अहिले उनीहरु समस्यामा पर्न थालेका हुन्। त्यसमा पनि शेयर, घरजग्गा, सवारीसाधनलगायतका क्षेत्रमा कर्जाको पोर्टफोलियो ठुलो भएका बैंकहरुलाई केन्द्रीय बैंकले जोखिमभार बढाउँदा झनै समस्या थपिने देखिन्छ ।

राष्ट्र बैंकको माघसम्मको तथ्यांक हेर्दा बैंकहरुले शेयर धितो कर्जामा ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । सवारीसाधन गरिदको लागि प्रवाह हुने हायर पर्चेज कर्जा पनि १ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । रियल स्टेट क्षेत्रमा बैंकहरुले २ खर्ब ११ अर्ब १८ करोड कर्जा दिएका छन् भने ओभरड्राफ्ट कर्जा ७ खर्ब ६९ अर्ब रुपैयाँ छ ।

3650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका