जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • सिद्धार्थ बैंकको नयाँ शाखा न्युरोड गेट, भैँसेपाटी र लुभुमा

सिद्धार्थ बैंकको नयाँ शाखा न्युरोड गेट, भैँसेपाटी र लुभुमा

सिद्धार्थ बैंक लिमिटेडले आज बुधबार काठमाण्डौस्थित न्युरोड गेटमा र ललितपुरस्थित भैँसेपाटी तथा लुभुमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ।

बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ ती शाखाहरु सञ्चालनमा ल्याएको हो। ती शाखाहरु विस्तारपश्चात सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १९३ (४ एक्सटेन्सन काउन्टरसहित) पुगेको छ।

सजिलो बंैैकिङ सेवा ९शाखारहित बैंकिङ०, एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंकको वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत बचत, मुद्दति र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय बंैैकिङ सेवा प्रदान गर्दै आएको छ।

ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले जनाएको छ।

3760
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका