जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बैंकिङ क्षेत्रमा भएका ८६ हजार कर्मचारी आतंकित भएका छन्

बैंकिङ क्षेत्रमा भएका ८६ हजार कर्मचारी आतंकित भएका छन्

पछिल्लो समय बैंकिङ क्षेत्रमा नियामक निकायभन्दा पनि बाहिर विभिन्न क्षेत्रबाट हुने आक्रमणका कारण काम गर्न समस्या हुँदै गएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले  बताए ।

यसकासाथै, अहिले केही समूहले सडकबाट कर्जा तिर्नु पर्दैन भन्दा पनि बैंकलाई समस्या परेको बताए ।

‘बैंकसँग ५ करोड २५ लाख खाता रहेको छ । पैसा तिर्नु पर्दैन भन्दा खातामा रकम जम्मा गर्ने निक्षेपकर्तालाई सबैलाई समस्या पर्छ ।’ उनले भने, ‘लगानीकर्तादेखि निक्षेपकर्तासम्मलाई यसबाट असर पर्दा प्रतिफल घट्छ ।’

बैंकहरुले निक्षेपकर्तालाई लगातार ब्याज दिइरहेका कारण ऋणीले बैंकलाई तिर्दिन भन्न नमिल्ने पनि उनले बताए ।
बैंकिङ क्षेत्रलाई यसरी निरन्तर प्रहार गर्ने हो भने अर्थतन्त्रमा समेत असर पर्ने पनि केसीले भनाइ थियो ।

‘बैंकिङ सिस्टममा नै आक्रमण हुने हो भने लगानी सम्मेलनबाट अपेक्षाअनुसार लगानी भित्रन सक्दैन,’ उनले भने, ‘यस्ता आक्रमण रोक्न सबैले पहल गर्नुपर्छ ।’

आर्थिक उन्नतीका लागि यस्ता आक्रमणले ठूलो असर गर्ने भन्दै उनले लगानी भित्र्याउने हो भने पहिलो ढोका नै बैंक भएका कारण बैंकमा समस्या भयो भने त्यसको असर ठूलै हुने बताए ।

अहिले बैंकहरुले विदेशबाट पैसा ल्याएर लगानी गरेको स्मरण गराउँदै केसीले लगानी भित्र्ने वातावरण बनाउने हो भने अहिलेको आक्रमण रोक्नुपर्ने तर्क गरे ।

पछिल्लो समय विभिन्न समूहबाट बैंकिङ क्षेत्रमा आक्रमण हुने गरेको र त्यसको असरले अहिले कर्जा उठाउन समस्या भएको पनि उनले बताए ।

‘बैंकका कर्मचारीमाथि विभिन्न बाहनामा आक्रमण भइरहेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथी कुटपिट भएको छ,’ उनले भने, ‘यस्ता घटना बढे नेपालमा काम गर्न सकिँदैन भन्दै काम गर्नेको मनोबल गिर्दै जान्छ । विदेशबाट आउने लगानी पनि कम हुन्छ ।’

छलफलमा केसीले विगत ५ दिनदेखि एक बैंकका पूर्व सीईओ र अहिलेका कर्मचारीसहित १० जना बिना कारण प्रहरीको थुनामा रहेको उनको गुनासो छ । ‘गलत काम गरेको छ भने कारबाही हुनुपर्छ,’ उनले भने, ‘तर, बिना कारण कोही पनि सजायको भागीदार हुनुहुँदैन ।’

पछिल्लो घटनाले बैंकिङ क्षेत्रमा भएका ८६ हजार कर्मचारी आतंकित भएको उनले बताए ।

570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका