जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बैंकिङ जोखिमलाई रोक्न तयार भयो ‘गोक्यो रिकन्सिलेसन’ सफ्टवेयर

बैंकिङ जोखिमलाई रोक्न तयार भयो ‘गोक्यो रिकन्सिलेसन’ सफ्टवेयर

गोक्यो ल्याब्स प्रालिले बैंकिङ प्रणालीमा सघाउ पुर्याउने नयाँ सफ्टवेयर तयार पारेको छ। ‘रिकन्सिलेसन’ को काम गर्ने नयाँ सफ्टवेयरबाट खातापातालाई सटिक र स्थिरता प्रदान गर्नेछ, जसले गर्दा ब्यवसायलाई लाभ पुग्नेछ।

यसबाट ‘फ्रड’ रोक्न सघाउ पुग्नेछ भने वित्तीय स्थायित्वमा लाभ मिल्नेछ। यो वेवमा आधारित सफ्टवेयर हो। यसलाई ब्राउजरको माध्यमबाट एक्सेस गर्न सकिन्छ।

दुई वा दुईभन्दा बढि लेनदेनमा यसले समन्वयको भूमिका खेल्नेछ। यो बिशुद्ध प्रणालीगत लेखापद्धति हो। कम्पनीका अनुसार, नोस्ट्रो एकाउन्ट, एटिएम कारोबार, मोबाइल वालेट, मर्चेन्ट कारोबार, सरकारी कारोबार, अन्तर बैंक कारोबार, रेमिटेन्स, क्लियरिङ, ट्यारिफ म्याचिङका लागि यो उपयोगी हुने कम्पनीले जनाएको छ।

नेपालको बैंकिङ क्षेत्रलाई लक्षित गरेर यो सफ्टवेयर तयार पारिएको हो। यसमा अधिकांस कामहरु स्वचालित रुपमा हुन्छन्। ‘म्यानुअल’ काम निक्कै नै कम रहेको कम्पनीले जनाएको छ। गोक्यो रिकन्सिलेसनले स्वचालित रुपमा स्रोतबाट ‘डेटा’ प्राप्त गर्छ र त्यसको मिलानका लागि आँफै काम गर्छ

11845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका