slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • सात अर्ब रुपैयाँबराबरको आईपीओ सेबोनको पाइपलाइनमा

सात अर्ब रुपैयाँबराबरको आईपीओ सेबोनको पाइपलाइनमा

पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्कासनको अनुमति लिन प्रक्रियामा जाने कम्पनीहरुको भीड लागेको छ। बोर्डका अनुसार हाल पाइपलाइनमा आईपीओ निष्कासन अनुमति पर्खेर बसेका २७ कम्पनीहरु छन्।
Sipradee
Global Ime
TVS
जसमा धेरै जलविद्युत कम्पनी छन् भने अन्य इन्स्योरेन्स, होटल तथा टुरिजम र माइक्रोफाइनान्स लगायत क्षेत्रका छन्। बोर्डबाट आईपीओ निष्कासन अनुमति पर्खाइमा रहेका यी कम्पनीहरुले कुल ६ अर्ब ७१ करोड २१ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको जम्मा ६ करोड १८ लाख ६४ हजार १५४ कित्ता प्राथमिक सेयर निष्कासन गर्ने भएका छन्।

बोर्डको पाइपलाइनमा लामबद्ध कम्पनीहरुमध्ये सर्वाधिक आईपीओ निष्कासनको स्वीकृति रसुवागढी हाइड्रोपावरले मागेको छ। हाइड्रोपावरले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन स्वीकृति मागेको हो। बोर्डले स्वीकृति दिएपछि हाइड्रोपावरले सुरुमा स्थानीय अर्थात् आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि मात्र बिक्री खुलाउनेछ।

आईपीओ निष्कासन अनुमति माग्न गत पुस २३ गते हाइड्रोपावर बोर्डमा पुगेको थियो। रसुवागढी हाइड्रोपावरको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहने छ।

यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनको अनुमति मागेको छ। पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये सर्वाधिक रकम बराबरको आईपीओ रिलायबलले नै निष्कासन गर्दै छ।

इन्स्योरेन्सले गत साउन १२ मा अनुमति माग्दै बोर्डमा निवेदन दिएको थियो। इन्स्योरेन्सले स्वीकृति पाएपछि अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँमा ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँका दरले आईपीओ निष्कासन गर्ने जनाइएको छ।

इन्स्योरेन्सले यसअघिको निर्देशित चुक्ता पुँजीको सीमा पुर्‍याउन प्राथमिक सेयर निष्कासन गर्ने योजना बनाएको थियो। एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको रिलायबल नेपाल लाइफले चुक्ता पुँजीको दुई अर्ब सीमा पुर्‍याउन ६० करोड रुपैयाँ सर्वसाधारणबाट लगानी उठाउने तयारी थियो।

सोही योजना बनाएर आइएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासनका लागि बोर्डसँग अनुमति मागेको छ। इन्स्योरेन्सको चुक्ता पुँजी पनि रिलायबल नेपालको जति नै छ। सीमाबराबरको चुक्ता पुँजी पुर्‍याउन इन्स्योरेन्सले ६० करोड रुपैयाँ सर्वसाधारणबाट उठाउने तयारी थियो।

यद्यपि, बीमा समितिले हाल लागु गरेको नयाँ निर्देशनपछि जीवन बीमा कम्पनीहरुले पाँचअर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउनुपर्ने भएको छ। निर्देशन बमोजिम रिलायबल नेपाल र आइएमई लाइफ दुवैको चुक्ता पुँजी हाल कायमभन्दा २५० प्रतिशतले वृद्धि गर्नुपर्नेछ। हाल यी इन्स्योरेन्सले निष्कासन गर्न लागेको उल्लेखित रकमको आईपीओले अपुग हुने देखिन्छ।

पाइपलाइनमा अधिकांश हाइड्रोपावर

बोर्डका अनुसार आईपीओ अनुमति पर्खेर बसेका कम्पनीहरुमा अधिकांश हाइड्रोपावरहरु छन् । बोर्डको पाइपलाइनमा १६ वटा हाइड्रोपावर छन्। यस्तै बाँकी दुई इन्स्यारेन्स, चार माइक्रोफाइनान्स, दुई अन्य कम्पनी, तीन होटल एण्ड टुरिजम र एउटा इन्भेष्टमेन्ट कम्पनी अनुमति पर्खाइमा छन्।

पाइपलाइनमा रहेका हाइड्रोपावरमध्ये सबैभन्दा बढी आईपीओको निष्कासनका लागि स्वीकृतिको माग रसुवागढी हाइड्रोपावरले गरेको छ।त्यसपछि श्वेतगंगा हाइड्रोपावरले छ। उक्त कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने भएको छ। यसले पनि आयोजना प्रभावित र सर्वसाधरण दुवैका लागि आईपीओ निष्कासन गर्नेछ। सेयर बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ।

चार लघुवित्तको १५ करोड ६९ लाख रुपैयाँको आइपिओ आउंदै:

सेबोनको आइपिओ पाइपलाइनमा चार लघुवित्तका कम्पनीहरु पनि रहेका छन्। ति लघुवित्तहरुले १५ करोड ६९ लाख ३८ हजार रुपैयाँको जम्मा १५ लाख ६९ हजार ३८० कित्ता आइपिओ निष्काशन गर्न आवेदन पेश गरेका छन्।

लघुवित्तहरु मध्ये सर्वाधिक आइपिओ अभियान लघुवित्तले निष्काशन गर्नेछ। लघुवित्तले अंकित मूल्य सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता आइपिओ निष्काशन गर्न अनुमति मागेको छ।

यस्तै, धौलागिरी लघुवित्तको ३ लाख ३१ हजार कित्ता, आत्मनिर्भर लघुवित्तले २ लाख ३ हजार कित्ता र आदर्श लघुवित्तको ६० हजार कित्ता आइपिओ बोर्डको पाइपलाइनमा छ।

आईपीओ निष्कासन अनुमति कति समयपछि पाइन्छ?

बोर्डका सह प्रवक्ता रुपेश जोशीका अनुसार सामान्यता स्वीकृति पाउन तीन महिना लाग्छ । तर कम्पनीले पेस गर्नुपर्नेमध्येका कुनै कागजात नपुगेको खण्डमा त्यो भन्दा पनि ढिला हुनसक्छ।

‘जब आईपीओ निष्कासनको अनुमति माग गर्दै निवेदन आउँछ सर्वप्रथम त्यसलाई अन्ल्डर प्रिलिमिनेरी रिभ्यूमा राखिन्छ। त्यसको अध्ययन गरिसकेपछि सबै ठिक छ भने स्वीकृतिको प्रक्रियामा जान्छ,’ उनले भने, ‘तर साधारणतया धेरै कागजात हुने भएकाले धेरैजसोमा केही न केही कमेन्टहरु हुने गरेको छ।’

त्यस्ता कमेन्टहरु भएमा बोर्डले सम्बन्धित मर्चेन्ट बैंकरहरुलाई जानकारी दिन्छ र त्यसलाई रिभ्यू एण्ड कमेन्ट सेन्ट सेक्सनमा राखिन्छ। सम्बन्धित ठाउँबाट जवाफ आएपछि त्यसलाई रिप्लाई एण्ड अण्डर रिभ्यूमा राखिन्छ र स्वीकृतिको प्रोसेसमा अघि बढाइने उनले बताए।

अहिले बोर्डको पाइपलाइनमा रहेका कम्पनीमध्ये रिभ्यू एण्ड कमेन्ट सेन्ट सेक्सनमा दुई र रिप्लाई एण्ड अण्डर रिभ्यू सेक्सनमा ६ वटा कम्पनी रहेको जानकारी उनले दिए।

ओटिसीमा हाथवे इन्भेष्टमेन्टको प्रति कित्ता १३० रुपैयाँमा कारोबार

हाल प्राथमिक सेयर निष्कासनको प्रक्रियामा रहेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको ऒभर द काउन्टर(ओटिसी) १३० रुपैयाँ प्रति कित्तामा एक लाख ७५०० कित्ता सेयर कारोबार भएको छ।

यस्तै, मुक्तिनाथ कृषि कम्पनीको पनि ३० हजार कित्ता सेयर १०५ रुपैयाँ प्रति कित्ता मूल्यमा किनबेच भयो। कम्पनीको अंकित मूल्य १०४ रुपैयाँमा पनि ४१ हजार ५०० कित्ता कारोबार भएको पाइन्छ।

एक कित्ता बराबर १०४ रुपैयाँका आधारमा सिक्लेस हाइड्रोपावरको १ लाख ९७ हजार २०० कित्ता पनि ओटिसी मार्केटमा खरिद बिक्री भएको छ। यसैगरी ओटिसीमार्फत सुपर माई हाइड्रोपावरको ६ लाख ५६ हजार १८९ कित्तापनि एक सय रुपैयाँ प्रति कित्ता मूल्यमा कारोबार भएको छ।

यी कम्पनी छन् आईपीओको तयारीमा

NAME OF COMPANYSectorNo of SharesAmountIssue Manager
Rasuwagadhi Hydropower Company Ltd.Hydropower6,842,100684,210,000Siddharth Capital Ltd.
Reliable Life Insurance Ltdinsurance6,000,0001,272,000,000Civil Capital Market Ltd.
IME Life Insurance Co Ltd.insurance6,000,000600,000,000Civil Capital Market Ltd.
Swetganga Hydropower and Construction LtdHydropower4,779,000477,900,000Sanima Capital Ltd.
Sanjen Jalavidhyut Co. Ltd.Hydropower3,650,000365,000,000Citezen Investment Trust
Molung Hydropower Company Ltd.Hydropower3,531,000353,100,000Sunrise Capital Ltd.
Upper Solu Hydro Electric CompanyHydropower3,307,500330,750,000NMB Capital Ltd.
People’s Power Ltd.Hydropower3,099,740309,974,000Prabhu Capital Ltd.
Rapti Hydro and General Construction LimitedHydropower2,941,410294,141,000Siddhartha Capital Ltd.
Hathway Investment Nepal Ltd.Investment2,925,000146,250,000Global IME Capital Ltd.
Dish Media Network LimitedOther 2,385,929238,592,900Global IME Capital Ltd
Sikles Hydropower LimitedHydropower2,000,000200,000,000BOK Capital Market Ltd.
Upper Hewakhola Hydropower Co. Ltd.Hydropower2,000,000200,000,000

2965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका