जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • फोनपेको सीइओमा दिवस सापकोटा नियुक्त

फोनपेको सीइओमा दिवस सापकोटा नियुक्त

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त भएका छन्। फोनपेको संचालक समितिले बुधबारदेखि लागू हुनेगरी सापकोटालाई सीइओमा नियुक्त गरेको कम्पनीले जनाएको छ।

सापकोटा यसअघि फोनपेकै एसिस्टेन्ट सीइओका रुपमा कार्यरत थिए।

उनी फोनपेको चिफ टेक्नोलोजी अफिसरका रुपमा फोनपे छिरेका थिए। त्यसअघि उनी नेपाल क्लियरिङ हाउस लिमिटेडमा आबद्ध थिए।

एभरेष्ट बैंकबाट करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्षभन्दा बढी काम गरेको अनुभव छ।

सूचना प्रविधिदेखि व्यवस्थापन दख्खल भएका सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्‍याउने विश्वास कम्पनीको छ।

5850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?