जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सात बैंकले पेस गरे मर्जरको प्रगति विवरण

सात बैंकले पेस गरे मर्जरको प्रगति विवरण

नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपालले गत असार १२ गते ‘क’ वर्गका वाणिज्य बैंकलाई एकअर्कामा गाभिन निर्देशन दिएपछि यतिबेला बैंकहरू मर्जरका लागि दौडधुपमा लागेका छन्।

राष्ट्र बैंकले मर्जर नीतिमा कडाइ गरेपछि केही बैंकले मर्जरको प्रगति विवरण नै पेस गरिसकेका छन् । केहीले छलफलको क्रममा रहेको जवाफ दिएको राष्ट्र बैंकले जनाएको छ। कमजोर संस्थालाई बलियोसँग गाभिएर सम्पूर्ण संस्थालाई आर्थिक रूपमा सबल बनाउन निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ।

चालु आर्थिक वर्ष ०७६र७७ को मौद्रिक नीतिअघि मर्जरका लागि २२ वटा बैंकले प्रतिबद्धता बुझाए पनि थप प्रगति विवरण पेस नगरेपछि भदौ दोस्रो साता सम्पूर्ण बैंकलाई पत्र पठाई १० दिनभित्र एकअर्कामा गाभिने विषयको प्रगति विवरण पेस गर्न निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।

हालसम्म प्रगति विवरण पेस गर्ने सातवटा बैंकमा सानिमा, जनता, नबिल, एभरेस्ट, लक्ष्मी, प्राइम र एनएमबि छन्। यसअघि एभरेस्ट र नबिल बैंकले मर्जरमा जाने प्रतिबद्धता समेत जनाएका थिएनन् । तर राष्ट्र बैंकले मर्जरको प्रगति विवरण पेस गर्न निर्देशन दिएपछि उनीहरूले पनि मर्जरको लागि संस्था खोजिरहेको जवाफ पेस गरेका छन् ।

त्यसैगरी, ग्लोबल आइएमई र जनता बैंकले मर्जरको सैद्धान्तिक सहमति भइसकेको जानकारी दिएका छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले मर्जरमा जाने योजना नरहेको जवाफ दिएको छ । नेपाल बंगलादेश बैंकले विदेशी साझेदारसँग थप छलफल भइरहेको जवाफ पेस गरेको छ।

प्रतिबद्धता बुझाउनेमध्ये अधिकांशले मर्जर कमिटी गठन गरेर साझेदार खोजिरहेको भन्दै राष्ट्र बैंकमा पत्र बुझाएका छन् । यसअघि नेपाल बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकले प्रतिबद्धता नबुझाए पनि हाल छलफल भइरहेको बताएका छन्।

7795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका