जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ईच्छाराजले ऋण नतिरेपछि सुन्धाराको मल लिलाम गर्न संचय कोषले जारी गर्यो सूचना

ईच्छाराजले ऋण नतिरेपछि सुन्धाराको मल लिलाम गर्न संचय कोषले जारी गर्यो सूचना
कर्मचारी संचय कोषले सुन्धाराको सिटिसी मलको १३२ वटा पसल कवलहरु लिलाम गर्नको लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । कोषले काठमाडौँ महानगरपालिका वडा नम्बर ११ सुन्धारा स्थिति कित्ता नम्बर २४२४ को ६ रोपनी क्षेत्रफलमा फैलिएको तथा सिभिल स्टेट्स्को नाममा रहेको पसल कवलहरु लिलाम गर्नको लागि सूचना जारी गरेको हो ।

सिभिल सहकारीका संचालक इच्छाराज तामाङले सिभिल स्टेट्स्को नामबाट लिएको ऋणको सावाँ र ब्याज नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । कोषले यस गाही नै सूचना जारी गर्दै ३५ दिन भित्र सम्पूर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवाना र अन्य जरिवाना चुक्ता गर्नको लागि आग्रह गरेको थियो ।यदि ३५ दिन भित्र रकम चुक्ता नगरेमा कोषले धितो लिलाम गरेर रकम असुल गरिने जनाएको थियो ।सोहि अनुसार कोषले पसल कवलहरु लिलाम गर्न लागेको हो।

कोषले कोषको कार्यालय पुल्चोकबाट बोलपत्र फारम लिन सकिने जनाएको छ । त्यस्तै आफुले कबुल गरेको कुल रकमको१० प्रतिशत रकम धरौटी वापत जम्मा गर्नु पर्ने कोषले जनाएको छ। बोलपत्र स्वीकृत भएको ३० दिन भित्र सम्पूर्ण रकम तिर्नु पर्ने अन्यथा र नतिरेको खण्डमा धरौटी जफत हुने कोषले जनाएको छ । सूचना प्रकाशन भएको ३६ औ दिनमा प्राप्त बोलपत्र खोलिने कोषले जनाएको छ । यद्यपिले ऋणीले कोषलाई बुझाउनु पर्ने रकम बुझाएमा लिलाम प्रक्रिया अन्त्य हुने कोषले जनाएको छ ।

सिभिल स्टेट्स्का संचालक इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया हुन्। ऋण लिंदा जमानीहरुको रुपमा तामाङ, श्रेष्ठ र प्रविण सहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान, र सुमन नन्दन वैध रहेका छन्।

image.png

2890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका