जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • महालक्ष्मी विकास बैंकको लेकसाइड शाखामा क्षति

महालक्ष्मी विकास बैंकको लेकसाइड शाखामा क्षति

भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा महालक्ष्मी विकास बैंकको लेकसाइड पोखरा शाखा रहेको भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

उक्त शाखा कार्यालयबाट प्रवाह हुने बैकिङ सेवाहरू नजिकको शाखा कार्यालयहरूमार्फत लिन सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार लेकसाइड पोखरा शाखा बाहेक अन्य सबै १०२ शाखा कार्यालयहरू पूर्ण रुपमा सेवा संचालनमा आइसकेको छ। बैंकले सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा संचालन भइरहेको पनि जानकारी दिएको छ।

बैंकले आन्दोलनमा मृत्यु हुनेहरूको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजन प्रति धैर्यधारण गर्न सक्ने शक्तिका लागि कामना गरेको छ। साथै, उपचारार्थ रहेका घाइतेको शीघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ।

सरकारी, सार्वजानिक र निजी सम्पतीहरूमा भएको क्षतिप्रति पनि बैंक दुःख प्रकट गरेको छ।

1655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका