जोडिनुहोस
मङ्लबार, बैशाख ११, २०८१
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • एमाले भित्रै चर्को अन्तर्घात: मेयरमा १ भोट बालेन, रेणु र आचार्यलाई अरु भोट सूर्यमा ?

एमाले भित्रै चर्को अन्तर्घात: मेयरमा १ भोट बालेन, रेणु र आचार्यलाई अरु भोट सूर्यमा ?

स्थानिय तह निर्वाचनमा देशभरिको नतिजा हेर्दा नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो हुने नतिजाबाटै प्रस्ट देखिन्छ । नेकपा एमाले पक्कड भएका भरतपुर, हेटौडा, पोखरा र काठमाडौंमा अप्रत्यासित नतिजा आउने संकेत देखिन्छ । यसको कारण हो एमाले भित्रै अन्र्तघात भन्दा फरक पर्दैन । भरतपुर, काठमाडौं र पोखरामा मेयरको भोट गठबन्धनलाई अरु सबै सूर्यलाई दिएको प्रस्ट नै भएको छ । यो अन्तर्घात एमालेकै नेता र कार्यकर्ताहरुबाटै भएको छ भन्दा अब चाहि फरक पर्दैन । यसको पछिल्लो उदाहरण हो भरतपुर महानगरपालिका र काठमाडौं महानगरपालिकाको प्रारम्भिक मतगणनाको परिणाम भन्दा फरक पर्दैन ।

काठमाडौं महानगर पालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको कुरा गर्ने हो भने १, २, ३, ४, ५, २६, २७ र २८ को मत गणना हुँदा १ भोट मेयर शाहलाई अरु सूर्य चिन्हमा एमालेका उम्मेदवार वडा अध्यक्षलाई दिने एमालेका नेता र कार्यकर्ताहरुलाई अन्तघाती नभनेर के भन्ने ? यो प्रश्न अहिले चर्चाको विषय बनेको छ । यति मात्रै होइन पोखरामा एमालेकै सदस्य र कार्यकर्ताहरु एसका धनराज आचार्य (मेयर)लाई १ भोट र अरु सूर्यमा दिएका उदाहरण छन् भन्दा फरक पर्दैन । यति मात्रै होइन चितवनको भरतपुर महानगरपालिकामा समेत १ भोट रेणुलाई अरु सूर्यमा दिएको भेटिएको छ । यो अन्र्तघात नभए के हो ?

एमालेकै कार्यकर्ताहरूले रेणुलाई मत दिएको स्पष्ट भइसक्यो । रेणुले मन जितेर मत दिएको हो वा एमालेभित्रै अन्तर्घात भएको हो अहिले नै म बोल्न मिल्दैन’, भरतपुरका एक एमाले नेताले आर्थिक बजारन्यूज डटकमसंग भने । ती नेताका अनुसार केही वडाहरूमा एक भोट हँसिया–हतौडामा हालेर बाँकी भोट सूर्यमा हालेको मतपत्र धेरै भेटिएको देखिन्छ ।

स्थानीय निर्वाचनका दौरान सबैभन्दा चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको चर्चा गरौं । मेयरमा गठबन्धनकी माओवादी उम्मेदवार रेणु दाहालले अग्रता फराकिलो बनाउँदै जाँदा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको तनाव बढ्दो देखिन्छ । गठबन्धनभित्रकै असन्तुष्टी पक्ष र कांग्रेस नेता जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारीबाट लाभ लिने एमालेको आँकलन फेल खाएको देखिन्छ । बरु एमालेले आफ्नै मत जोगाउन नसकेको प्रारम्भिक मतपरिणामबाट पुष्टी हुन्छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले कांग्रेसको मत काटेपनि अधिकांश वडामा रेणुले नै एमालेको मत तानेको देखिन्छ ।

जारी मतगणनाको प्रारम्भिक गणना एमालेले अपेक्षा गरे अनुरूप छैन । कतिपयले एमालेभित्र अन्तर्घात भएको अनुमान गरेका छन् । एमाले विभाजनका एमाले ‘नेकपा एस’ मा लाग्ने आँकलन गरिएका भरतपुरका प्रभावशाली नेताहरू एमालेमै रहेका थिए । राजनीतिकरूपमा सँगै भएपनि एमालेको परम्परागत गुट र संघर्षको प्रभाव परिणाममा परेको देखिन्छ । ‘एमालेकै कार्यकर्ताहरूले रेणुलाई मत दिएको स्पष्ट भइसक्यो । रेणुले मन जितेर मत दिएको हो वा एमालेभित्रै अन्तर्घात भएको हो अहिले नै म बोल्न मिल्दैन’, भरतपुरका एक एमाले नेताले आर्थिक बजारन्यूज डटकमसंग भने । ती नेताका अनुसार केही वडाहरूमा एक भोट हँसिया–हतौडामा हालेर बाँकी भोट सूर्यमा हालेको मतपत्र धेरै भेटिएको देखिन्छ ।

वडा नम्बर ४ मा मात्रै मेयरमा सुवेदीले वडा अध्यक्षको भन्दा बढी मत ल्याएका छन् । त्यो वडामा अध्यक्षमा एमालेले १ हजार ६ सय ३३ मत पाउँदा मेयरमा सुवेदीले १ हजार ७ सय ४४ मत ल्याएको देखिन्छ । वडा नम्बर ५ मा मेयरमा सुवेदीले व्यहोरेको चर्को क्षति अझ बढी छ । यही वडाबाट रेणुले आफ्नो अग्रता बढाउन क्रम सुरू भएको थियो । वडा अध्यक्षमा एमालेले १ हजार ९ सय ५१ मत पाएको वडा नम्बर ५ मा मेयरमा एमालेले १ हजार ४ सय ९ मत मात्रै ल्याएका छन् । समग्रमा मतगणना सम्पन्न भएका ५ वटा वडामा वडा अध्यक्षका लागि एमाले उम्मेदवारहरूले कुल ८ हजार ६ सय २१ मत ल्याएका छन् ।

विगतमा एमालेले अग्रता लिएको वडा नम्बर १ देखि ५ सम्ममा अहिले एमालेको मत घटेको देखिन्छ । एमालेले जितेको वडा नम्बर ३ मा वडा अध्यक्षमा एमालेले १ हजार ६ सय ६६ मत पाएको छ । जबकी सो वडाबाट मेयरमा एमालेले १ हजार २९ मत मात्रै प्राप्त गर्यो । वडा अध्यक्षले भन्दा मेयरमा ६ सय २९ मत कम पाएपनि एमालेले वडा नम्बर ३ मा ५३ मतले अग्रता लिएको छ । यसैबाट पुष्टी हुन्छ एमालेहरुले नै अन्र्तघात गरेका छन् । वडा अध्यक्षमा पराजित भएका वडाहरूमा पनि एमालेका मेयरले भन्दा वडा अध्यक्षका उम्मेदवारले बढी मत ल्याएका छन् । यसको अर्थ एमालेको वडा अध्यक्षलाई मत दिएकाले नै मेयरमा गठबन्धनका रेणु दाहाललाई मत दिएको देखिन्छ । वडा नम्बर १ मा अध्यक्षमा १ हजार ३ सय १३ मत पाउँदा मेयरमा एमालेले १ हजार ८७ मत मात्रै प्राप्त गरेको छ । एमालेलाई वडा अध्यक्षमा मत दिएका मध्ये सो वडाबाट २ सय २६ जनाले मेयरमा विजय सुवेदीलाई मत दिएनन् ।

वडा नम्बर २ मा मेयरमा सुवेदीले १ हजार ८ सय २८ मत ल्याए । जबकी वडा अध्यक्षमा एमाले उम्मेदवारले विजयको भन्दा २ सय ३० बढी अर्थात २ हजार ५८ मत ल्याएका छन् । वडा नम्बर ४ मा मात्रै मेयरमा सुवेदीले वडा अध्यक्षको भन्दा बढी मत ल्याएका छन् । त्यो वडामा अध्यक्षमा एमालेले १ हजार ६ सय ३३ मत पाउँदा मेयरमा सुवेदीले १ हजार ७ सय ४४ मत ल्याएको देखिन्छ । वडा नम्बर ५ मा मेयरमा सुवेदीले व्यहोरेको चर्को क्षति अझ बढी छ । यही वडाबाट रेणुले आफ्नो अग्रता बढाउन क्रम सुरू भएको थियो । वडा अध्यक्षमा एमालेले १ हजार ९ सय ५१ मत पाएको वडा नम्बर ५ मा मेयरमा एमालेले १ हजार ४ सय ९ मत मात्रै ल्याएका छन् । समग्रमा मतगणना सम्पन्न भएका ५ वटा वडामा वडा अध्यक्षका लागि एमाले उम्मेदवारहरूले कुल ८ हजार ६ सय २१ मत ल्याएका छन् । जबकी मेयरमा ती ५ वडाबाट सुवेदीलाई ७ हजार ९७ मत मात्रै प्राप्त भएको छ । यसरी ५ वडाको परिणाममा एमालेबाटै सुवेदीलाई १ हजार ५ सय २४ मत प्राप्त नभएको देखिन्छ । भन्दा फरक पर्दैन ।

७ नम्बर वडाको गणना सकिदा एमाले दबावमा परेका छन् । किनकी पौडेलले अपेक्षा गरेअनुसार कांग्रेसको मत काटेका छैनन् भने एमालेबाटै केही मत माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाएकी छन् । भन्दा फरक पर्दैन । एमालेहरुमा चेतना भया । वडा नं. ४ को गणनासम्म पौडेलले गठबन्धनको मत काटेकै कारण रेनु र विजयको मतान्तर उति ठूलो थिएन । अग्रता पनि कम थियो । वडा नं. १ बाट २ मा आउँदा रेनुले कायम गरेको १२१ को अग्रता वडा नं. २ बाट ३ मा जाँदा निकै कम भएको थियो । वडा नं. ३ बाट ४ मा जाँदा विजयले रेनुलाई उछिन्दै ५० मतको अग्रता लिएका थिए । भन्दा फरक पर्दैन ।

एमालेले २०७४ मा जितेका मध्ये वडा नम्बर २, ४ र ५ को नेतृत्व गुमाइसकेको छ । हालसम्म जित्नै नसकेको वडा नम्बर ३ मा भने एमालेले वडा अध्यक्ष र महिला सदस्य जितेको छ । गणना जारी रहेको वडा नम्बर ६ मा रेणुले अग्रता बढाउने क्रम बढ्दो छ । अघिल्लो निर्वाचनमै सो वडामा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो नम्बरमा रहेका थिए । एमालेले बढी मतको अपेक्षा गरेका वडा नम्बर १०, ११ , १२ , २२, २३ र २४ हुन् । यसले नतिजा कता जाने हो त्यो हेर्न भने बाँकी छ । सत्ता गठबन्धन र नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएको भरतपुर महानगरपालिका, चितवनमा यो समाचार तयार पार्द सम्म ६ वटा वडाको मत गणना सकिएको छ । यो समाचार तयार पार्दासम्म रेणु दाहाल १४७६६, विजय सुवेदी ११७६५ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ६०९० मत आएको छ ।

भरतपुरको मेयरका लागि २७ उम्मेदवार भएपनि मुख्य प्रतिस्पर्धा माओवादी केन्द्रकी रेनु दाहाल र एमालेका विजय सुवेदीबीच छ । नेपाली कांग्रेसबाट बागी उम्मेदवार जगन्नाथ पौडेलले पाउने मतले पनि रेनु वा विजय को मेयर बन्छ भन्ने एक हदसम्म निर्धारण गर्छ । पौडेलले काट्ने मतले भरतपुर महानगरको बागडोर सम्हाल्न सहज हुने एमालेको बुझाइ थियो । ७ नम्बर वडाको गणना सकिदा एमाले दबावमा परेका छन् । किनकी पौडेलले अपेक्षा गरेअनुसार कांग्रेसको मत काटेका छैनन् भने एमालेबाटै केही मत माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाएकी छन् । भन्दा फरक पर्दैन । एमालेहरुमा चेतना भया । वडा नं. ४ को गणनासम्म पौडेलले गठबन्धनको मत काटेकै कारण रेनु र विजयको मतान्तर उति ठूलो थिएन । अग्रता पनि कम थियो । वडा नं. १ बाट २ मा आउँदा रेनुले कायम गरेको १२१ को अग्रता वडा नं. २ बाट ३ मा जाँदा निकै कम भएको थियो । वडा नं. ३ बाट ४ मा जाँदा विजयले रेनुलाई उछिन्दै ५० मतको अग्रता लिएका थिए । भन्दा फरक पर्दैन ।

वडा नं. १, २, ३ मा पनि यस्तो देखिएको थियो । जस्तो, भरतपुर महानगरको वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवारले १३१३ मत पाउँदा मेयरमा सुवेदीले १०८७ मत पाएका छन् । । वडा नम्बर २ मा मेयरमा सुवेदीले १८२८ मत ल्याएका थिए । जबकी एमालेका वडाध्यक्ष उम्मेदवारले २०५८ मत पाएको देखिन्छ । २०७४ मा एमालेले जितेकामध्ये वडा नम्बर २, ४ र ५ को नेतृत्व यो गुमाएको छ भने कांग्रेसको गढ मानिएको भरतपुर ३ मा भने एमालेले वडाध्यक्ष जितेको छ । २०७४ मा एमालेले १४ मत अन्तरले जितेको वडा नं. ७ का वडाध्यक्ष एकीकृत समाजवादीमा गएर पुनः वडाध्यक्ष उठेका छन् । यहाँ कांग्रेस र माओवादीको समेत राम्रै मत रेनुलाई आएको देखिएको छ ।

यद्यपि २०७४ को चुनावमा कांग्रेस समर्थक तथा सुभेक्षुकबाट एमाले उम्मेदवार देवी ज्ञवालीले पाएको मत यो पटक पौडेलतिर गएको भनेर चित्त बुझाए । तर एमालेलाई टाउको दुखाई भने एमालेबाट रेनुलाई गएको मत थियो । वडा नं. २ मा केही मतहरु मेयरमा रेनुलाई र बाँकी एमाले उम्मेवारलाई गएको देखियो । यो क्रम छिटफुट होला भन्ने ठानेका एमालेका नेताहरु वडा नं. ५, ६ र ७ मा पुगेपछि झनै झस्किएका छन् । किनकी अरु पदमा एमालेलाई भोट दिएकाहरुले मेयरमा रेनुलाई मत दिएको धेरै भेटिएको छ । भन्दा फरक पर्दैन । त्यसकै बलमा रेनुले अग्रता बढाएकी छन् । गतगणनामा संलग्न एमाले नेताहरुका अनुसार अहिले गणना भइरहेका वडाहरु कांग्रेसको बलिया पकड भएको क्षेत्र मानिन्छ र, त्यहाँबाट कांग्रेसको मतको रेनुले राम्ररी पाएको देखिन्छ ।

वडा नं. ४ मा बागी उम्मेदवार पौडेलले कांग्रेसको मत आफूतिर जति तानेका थिए, ५, ६ र ७ मा त्यति तान्न सकेको देखिएन । त्यस्तै वडामा एमालेको मत विगतभन्दा बढेको देखिन्छ तर, एमालेका वडाध्यक्ष उम्मेदवारहरुले पाएको मत मेयर विजयले पाएका छैनन् । वडा नं. १, २, ३ मा पनि यस्तो देखिएको थियो । जस्तो, भरतपुर महानगरको वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवारले १३१३ मत पाउँदा मेयरमा सुवेदीले १०८७ मत पाएका छन् । । वडा नम्बर २ मा मेयरमा सुवेदीले १८२८ मत ल्याएका थिए । जबकी एमालेका वडाध्यक्ष उम्मेदवारले २०५८ मत पाएको देखिन्छ । २०७४ मा एमालेले जितेकामध्ये वडा नम्बर २, ४ र ५ को नेतृत्व यो गुमाएको छ भने कांग्रेसको गढ मानिएको भरतपुर ३ मा भने एमालेले वडाध्यक्ष जितेको छ । २०७४ मा एमालेले १४ मत अन्तरले जितेको वडा नं. ७ का वडाध्यक्ष एकीकृत समाजवादीमा गएर पुनः वडाध्यक्ष उठेका छन् । यहाँ कांग्रेस र माओवादीको समेत राम्रै मत रेनुलाई आएको देखिएको छ ।

अरु वडामा जस्तै यहाँ पनि एमालेको मत रेनुलाई नगएको होला भन्न सक्ने अवस्थामा छैन । भन्दा फरक पर्दैन । एमालेले आफू बलियो मानेको वडा नं. ११ मा केही मत रेनुलाई गएको चर्चा एमाले वृत्तमा छ । त्यहाँको सुकुम्वासी बस्तीको मत आफूतिर तान्न माओवादी र कांग्रेसले प्रयास गरेका थिए । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा भूमि आयोग, चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले लालपूर्जाको निस्सा समेत बाँडेर मत प्रभावित गर्ने प्रयास गरेका थिए । त्यसको असर मतमा देखिए आफ्ना उम्मेदवार थप अप्ठ्यारोमा पर्न एमाले नेताहरुको बुझाइ छ ।

वडा नं. १०, ११ र १२ मा बढी मतदाता छन्, जहाँ माओवादी र कांग्रेसको प्रभाव कम भएको विगतले देखाउँछ । अहिले रेनुले लिएको अग्रता यिनै वडाबाट तिर्ने सकिने एमालेका जिल्ला नेताहरुको आशा छ । तर अरु वडामा जस्तै यहाँ पनि एमालेको मत रेनुलाई नगएको होला भन्न सक्ने अवस्थामा छैन । भन्दा फरक पर्दैन । एमालेले आफू बलियो मानेको वडा नं. ११ मा केही मत रेनुलाई गएको चर्चा एमाले वृत्तमा छ । त्यहाँको सुकुम्वासी बस्तीको मत आफूतिर तान्न माओवादी र कांग्रेसले प्रयास गरेका थिए । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा भूमि आयोग, चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले लालपूर्जाको निस्सा समेत बाँडेर मत प्रभावित गर्ने प्रयास गरेका थिए । त्यसको असर मतमा देखिए आफ्ना उम्मेदवार थप अप्ठ्यारोमा पर्न एमाले नेताहरुको बुझाइ छ ।

वडा नं. १३ माओवादीको बलियो वडा हो । वडा नं. १४, १५, १७, १८, १९, २० र २१ कांग्रेस बलियो भएका वडा हुन् । वडा नं. २२, २३, २४, २५, २७ र २८ एमाले र राप्रपा तुलनात्मकरुपमा बलियो बडा मानिन्छन् । वडा नं. २९ मा एमालेको प्रभाव छ । यी वडाहरुमा कांग्रेसको मत जगन्नाथले कति काट्छन् र रेनुले एमालेतिरबाट कति मत तान्छन् भन्नेले भरतपुर महानगरपालिकाको मेयरको हारजितलाई निर्धारण गर्ने देखिन्छ ।

वडा नं. १० प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेल र वडा नं. १२ विजय सुवेदीको वडा हो । यहाँबाट अरु वडाहरुमा जस्तो एमालेको मत रेनुलाई नगए तीन हजारसम्मको अग्रता भेट्टाउन सकिने एमालेका नेता देवी ज्ञवाली आर्थिकबजार न्यूजडटकमसंग खुलेर बताए ।
वडा नं. १३ माओवादीको बलियो वडा हो । वडा नं. १४, १५, १७, १८, १९, २० र २१ कांग्रेस बलियो भएका वडा हुन् । वडा नं. २२, २३, २४, २५, २७ र २८ एमाले र राप्रपा तुलनात्मकरुपमा बलियो बडा मानिन्छन् । वडा नं. २९ मा एमालेको प्रभाव छ । यी वडाहरुमा कांग्रेसको मत जगन्नाथले कति काट्छन् र रेनुले एमालेतिरबाट कति मत तान्छन् भन्नेले भरतपुर महानगरपालिकाको मेयरको हारजितलाई निर्धारण गर्ने देखिन्छ । यो चाहि प्रतिक्षाको विषय बनेको छ ।

7035
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका