जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • ओलीलाई बालेन साहले भेटेको तस्बिर सार्वजनिक

ओलीलाई बालेन साहले भेटेको तस्बिर सार्वजनिक

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको तस्बिर सार्वजनिक भएको छ । मंगलबार एमालेका नेताहरुमार्फत ओली र साहबीच भेटवार्ताको तस्बिर सार्वजनिक गरिएको हो ।

ओली सचिवालयले बालेन केही दिनअघि नै ओलीलाई भेट्न बालकोट पुगेपनि मिडियामा यो विषय बाहिर ल्याइएको थिएन । सार्वजनिक तस्बिरमा सेतो कुर्ता पहिरिएका ओलीले सुट प्यान्टमा बालकोट पुगेका बालेनलाई स्वागत गरेर खादा लगाइदिएको देखिन्छ ।

बालेन स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौंको मेयर निर्वाचित भएका थिए । उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंह रहेकी थिइन् भने एमालेबाट उम्मेदवार बनेका केशव स्थापित भने तेस्रो बनेका थिए ।
काठमाडौं महानगरपालिकाको उपमेयरमा भने एमालेबाट सुनिता डंगोल निर्वाचित भएकी थिइन् ।

बालेन र ओलीबीच बालकोटमा भएको भेटको तस्बिर यतिबेला सामाजिक सञ्चालनमा चर्चाको विषय बनेको छ ।

3560
Shares

एक प्रतिक्रिया on “ओलीलाई बालेन साहले भेटेको तस्बिर सार्वजनिक

  1. होटलका शौचालयहरूलाई सार्वजनिक रूपमा प्रयोग गर्न दिनु निजी सम्पत्ति माथि हस्तक्षेप हो। यो गैर कानूनी निणर्य हो।
    का म न पा आफैंले विभिन्न ठाउँहरूमा सार्वजनिक शौचालयको निर्माण गरि ब्यबस्था गर्नु पर्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका