जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंक खाता खोलेर जम्मा गर्ने बानी बसालौँ

बैंक खाता खोलेर जम्मा गर्ने बानी बसालौँ

नेपालीहरुको महान् चाड दशैँ ससाना बालबालिकाहरुका लागि दक्षिणा पाउने चाड पनि हो । दशैंमा पक्कैपनि तपाईका वालबच्चाले केही न केही रकम दक्षिणाबाट कमाएका होलान् । यो बेलामा घर, आफन्त लगायतबाट टीका लगाएर पाएको दक्षिणा उनीहरुले कि त चकलेट, चाउचाउ जस्ता अस्वस्थ खानेकुरामा खर्च गरेर सिध्याउँछन् कि त बुबाआमाले आफैँ खर्च गरेर सक्छन् ।

बचत गर्ने बानीको विकास गराउन भन्दै अहिले सरकारले गाउँ गाउँमा बैंक पुर्याएको छ । यस्तो बानीको विकासका लागि बालबालिका उमेरदेखि नै सुरुवात गर्नुपर्ने हुन्छ । ठूला र विकसित मुलुकमा बच्चा बेलादेखि नै बचतसम्बन्धी कुरामा सचेत गराइन्छ र नेपालमा पनि त्यसको सुरुवात गर्नु जरुरी छ ।

फजुल खर्चका कारण गरिबीबाट उठ्न नसकेको नेपालमा अब बालबालिकाहरुलाई बचत गर्न सिकाउनु जरुरी भएको छ, जसको सुरुवात दशैँको दक्षिणाबाट गर्न सकिन्छ । हुन त बालबालिकाहरुलाई खुत्रुकेमा पैसा जम्मा गर्न लगाउने चलन पहिलेदेखि नै छ । तर, बैंकमा पैसा जम्मा गर्दा त्यसको राम्रो प्रतिफल समेत पाउने सकिने भएकाले दशैँमा पाएको दक्षिणालाई बैंकमा खाता खोलेर जम्मा गर्न सकिन्छ ।

बैंकहरुले बच्चाहरुकै लागि भनेर विभिन्न बचत खाता योजनाहरु ल्याएका हुन्छन् । जसमा बच्चाहरुको भविष्य सुरक्षित हुने खालका बीमा योजना, आकर्षक व्याजदर जस्ता सुविधाहरु हुन्छन् । अहिले अभिभावकहरु आफ्ना सन्तानको भविष्यका लागि चिन्तित पनि छन् । उनीहरुको रेखदेखदेखि लिएर पढाइसम्मको चिन्तामा उनीहरु खटिरहेका छन् । यसरी बच्चाहरुका लागि बैंक खाता खोलिदिँदा उनीहरुको भविष्यको चिन्ता नै समाप्त गरिदिन्छ ।

सानो उमेरमा नै बचत गर्ने बानी बसाल्दा अविभावकलाई ढुक्क मात्र हुँदैन, सानैदेखि सिकेको बचत गर्ने बानीको उपयोग गरेर उसले सुखसँग जिन्दगी विताउन सक्छ । त्यसैले, दशैँमा पाएको दक्षिणालाई फजुल खर्च गरेर सिध्याउने वा थोरै भए पनि घर खर्च टर्छ भनेर प्रयोग गर्ने भन्दा पनि बैंक खाता खोलेर जम्मा गर्ने बानी बसालौँ।

8325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका