जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समृद्धि फाइनान्सको थप नयाँ शाखा सञ्चालन

समृद्धि फाइनान्सको थप नयाँ शाखा सञ्चालन

समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवौँ शाखाको रूपमा शाखा कार्यालय सर्लाहीको  गैरमा उद्घाटन गरिएको छ । सोमबार कविलासी नगरपालिकाका मेयर ब्रहम देव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा मेयर ब्रहम देव रायले यस भेगमा बैकको अत्यधिक आवश्यकता रहेको बताए । साथै उनले रकम जम्मा तथा बैंकिङ  कारोबार गर्न स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा अब सो समस्या नहुने बताए । त्यस्तै, संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले संस्थाले उपलब्ध गराउने सेवा सुविधाबारे प्रकाश पारे ।

उक्त नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल नौ वटा पुगेको छ । संस्थाले यसै हप्ता  थप ३ नयाँ शाखाहरू उद्घाटन गर्ने योजना रहेको जनाएको छ । संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरू सञ्चालनमा रहेको छ ।

710
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका