जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आगामी मौद्रिक नीतिबारे अर्थमन्त्री र गभर्नरबीच छलफल

आगामी मौद्रिक नीतिबारे अर्थमन्त्री र गभर्नरबीच छलफल

आगामी आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ ।

बुधबार बिहान अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री शर्माले आगामी आवको बजेटको लक्ष्यलाई प्राप्त गर्ने गरी मौद्रिक नीति आउनु पर्ने बताएका थिए ।

मन्त्रालयका स्रोतका अनुसार गभर्नर अधिकारीले बजेटलाई समर्थन हुने गरी मौद्रिक नीति आउने बताएका छन् ।

‘बजेटका लक्ष्यलाई प्राप्त गर्ने तर्फ नै मौद्रिक नीति केन्द्रित रहने प्रतिवद्धता गभर्नरको थियो,’ अर्थ मन्त्रालय स्रोतले भन्यो । मन्त्रालयका अनुसार छलफलमा अर्थसचिव तथा सहसचिवहरु समेत सहभागी थिए ।

आगामी आर्थिक वर्ष सुरु हुनु अगाडि नै नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । यसका लागि राष्ट्र बैंकले सरोकारवालाबाट सुझाव समेत संकलन सुरु गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, स्वदेशी उद्योगलाई प्राथमिकता, कृषिमा लगानी वृद्धिको लक्ष्य लिएको छ । यसका माध्यमबाट ८ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ ।

मुद्रास्फीति समेत ७ प्रतिशत भित्र राख्ने लक्ष्य सरकारको छ । यो लक्ष्य प्राप्त गर्न मौद्रिक क्षेत्राबाट राष्ट्र बैंकले लिने नीतिहरु महत्वपूर्ण हुन्छन् ।

3660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?