जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • मेगा र इन्भेष्टमेन्ट बैंकबिच मर्जर सम्झौता, बन्ने भयो नेपालकै ठुलो बैंक

मेगा र इन्भेष्टमेन्ट बैंकबिच मर्जर सम्झौता, बन्ने भयो नेपालकै ठुलो बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच मर्जर सम्झौता सम्पन्न भएको छ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अंगिकार गरेको बैंक तथा वित्तीय संस्थाहरुको मर्जर/एक्वीजिसन नीतिको अनुसरण गर्दै दुई बैंकबिच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिपत्रमा नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा मेगा बैंक नेपाल लिमिटेड दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । बैंकहरु एकआपसमा गाभिएपछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

मर्जरपछि बैंकको नाम “ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुबै बैंकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको चुक्ता पू‘जी रु.१८.३१ अर्ब तथा मेगा बैंक लिमिटेडको चुक्ता पू‘जी रु. १६.१२ अर्ब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.३४.४३ अर्ब भै सबैभन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्नेछ ।

त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको जगेडा तथा कोष रु. १४.८२ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. ५.९२ अर्ब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको रु. १७३.४६ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५०.४६ अर्ब र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको रु. १८२.०१ अर्ब र मेगा बैंक नेपाल लिमिटेडको रु. १५२.०८ अर्ब रहेको हुँदा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बैंकका अध्यक्षहरुले जानकारी गराएका थिए ।

4510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका