जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • ३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ

३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित थप दुईजना पक्राउ

काठमाडौं महानगरपालिका–२६ लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको संगित विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुईटेल र दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् ।

२५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरेका हुन् ।

प्रहरी सहितको समुहले लैनचौरको व्याडमिन्ट कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । जेठ ८ मा भएको सो लुटमा संलग्न रहेको आरोपमा अहिलेसम्म ४ जना पक्राउ परेका छन् ।

वैशाख १८ मा जिल्ला प्रहरी परिसर काठमाडौंले नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपालीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका सालिकराम नेपाली प्रहरी हवल्दार हुन् । उनि प्रहरी वृत मालिगाउँमा कार्यरत छन् । लुटमा मानव बेचविखन व्यूरोमा कार्यरत प्रहरी पनि संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । तर, जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरीको पहिचान खुलाउन अस्विकार गर्दै आएको छ । ​आरोपीहरुमाथी डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

3105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका