जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

समाचार

जग्गा धितोमा ऋण बन्द 

जग्गा धितोमा ऋण बन्द 

कृषि र गैर कृषि क्षेत्रका रूपमा वर्गीकरण नगरिएका जग्गा मालपोत कार्यालयले रोक्का नगरेपछि बैंकहरूले ऋण लगानी रोकेका छन् । बैंक तथा वित्तीय क्षेत्रबाट प्रवाह हुने करिब ७० प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह हुने गरेको भएपनि अहिले बैंकहरुले कर्जा लगानी ठप्प बनाएका हुन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४ किल्ला खुलाएर कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई निर्देशन दिएको छ ।

यही कारण मालपोत कार्यालयले जग्गा रोक्का गर्न नमान्दा सोमबारबाट बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह रोकेका हुन् ।

भूमि व्यवस्था मन्त्रालयले हालै भूउपयोग नियमावली–२०७९ कार्यान्वयनमा ल्याएको छ । मन्त्रालयले नियमावली अन्तर्गत मन्त्रिपरिषदको निर्णयअनुसार कृषि क्षेत्र नतोकेसम्म जग्गाको कारोबार नगर्न निर्देशन पठाएको हो ।

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका