जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मेटलाइफका वरिष्ठ अधिकारीले गरे नेपाल भ्रमण

मेटलाइफका वरिष्ठ अधिकारीले गरे नेपाल भ्रमण

मेटलाइफका सिनियर भाइस प्रेसिडेण्ट तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलेना बुटारोभाले एजेन्सी एसिया वितरणका भाइस प्रसिडेण्ड मारवान माटरसँगै नेपाल भ्रमण गरेकी छिन् । उनले आफ्नो पाँच दिने भ्रमणको क्रममा, मेटलाइफ नेपालको मुख्य कार्यालयको भ्रमण गर्नुका साथै कम्पनीका सबै प्रमुख सरोकारवालाहरूसँग अन्तरक्रिया तथा छलफल गरेकी हुन् । 

बीमा उद्योगमा २० वर्षभन्दा बढी अनुभव संगालेकी बुटारोभा बंगलादेश, मलेसिया, नेपाल र भियतनाम जस्ता एशियाका फस्टाउँदै गएका बजारहरूमा मेटलाइफको व्यवसायको जिम्मेवारी सम्हाली रहेकी छन् । उनको प्राथमिकतामा डिजिटाइज्ड ब्यापारिक प्लेटफर्मको विकास, क्षेत्रीय क्षमताहरूमा सहकार्य र सह–लगानी बढाएर यी बजारहरुमा व्यवसाय वृद्धि गर्नु रहेको छ ।

बुटारोभाले नेपाल भरी बलियो वितरण सञ्जालको विकासलाई निरन्तरता दिनमा केन्द्रित रहेको नेपाल व्यवस्थापन टोली, एजेन्सी र वितरण प्रतिनिधिहरूसँग भेटघाट गरेकी थिइन् । उनले वार्षिक अवार्ड नाइटमा वर्षभरि उत्कृष्ट प्रस्तुति गर्ने योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र पिÞmल्ड प्रतिनिधिहरूलाई सम्मान गरेकी थिईन् । उनले ग्रामीण समुदायको उत्थानका लागि माइक्रो इन्स्योरेन्स क्षेत्रलाई विस्तार गर्ने विषयमा पनि छलफल गरि सरोकारवालाहरुको ध्यानाकर्षण गराएकी थिइन् ।

3385
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका