जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू मर्जरमा जान सम्झौता, बराबरी हैसियतमा गाभिने, सीइओ रत्नराज

ग्लोबल आइएमइ र बैंक अफ काठमाण्डू मर्जरमा जान सम्झौता, बराबरी हैसियतमा गाभिने, सीइओ रत्नराज

ग्लोबल आइएमइ बैंक र बैंक अफ काठमाण्डू गाभिने भएका छन्। दुबै बैंकका तर्फबाट बिहीबार बिहान याक एण्ड यति होटलमा समझदारी भएको छ। दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमतिपत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकले असारभित्र मर्जरमा सहमति नगरे कुनै पनि सुविधा नदिने घोषणा गरेलगत्ते दुई बैंकबीच मर्जर सहमति भएको हो। यसअघि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जर सहमति भएको थियो।

नयाँ बैंकको नाममा ग्लोबल आइएमइ बिओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबलका रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्। बिओकेका श्रवण मास्के त्यसपछिको स्थानमा हुने छन्।

मर्जरसँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ। मर्जरपछि पुँजी कोष ५२ अर्ब २९ करोड रुपैयाँको हुने छ।

चैतको तथ्यांकका आधारमा बैंकको जगेडा कोष १७ अर्ब ८७ करोड रुपैयाँ पुग्ने छ। मर्जरपछि कुल निक्षेप ३ खर्ब ७३ अर्ब रुपैयाँ पुग्ने छ। ऋण ३ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने छ।

6425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका