जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित(पूर्णपाठसहित)

बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित(पूर्णपाठसहित)

सरकारले बीमा ऐन २०७९ राजपत्रमा प्रकाशित गरेको छ । असोज २३ गते राष्टपति विद्यादेवी भण्डारीले स्वीकृत गरेको ऐन आइतबार राजपत्रमा प्रकाशित भएको हो । राष्ट्रिपतिले स्वीकृत भएको एक महिना भित्र ऐन लागू हुने व्यवस्था छ । त्यस अनुसार बीमा ऐन कार्तिक २२ गते दखि लागू हुनेछ । नयाँ ऐन अनुसार हालको बीमा समिति बीमा प्राधिकरणमा परिणत हुनेछ । सञ्चालक समितिको बैठकले नयाँ ऐन अनुसार बीमा समितिको नाम बीमा प्राधिकरणमा परिणत गर्नेछ ।

बीमा ऐन २०७९ अनुसार बीमा प्रधिकरण बनेपछि हालका अध्यक्ष सहित सञ्चालक समितिले निरन्तरता पाउने छन् । बीमा समितिको अध्यक्ष तथा सदस्य ऐन प्रारम्भ भएपछि स्वतः प्राधिकरणको अध्यक्ष र सदस्य हुने र निजको आफ्नो कार्यकालसम्म सो पदमा बहाल रहन सक्ने व्यवस्था रहेको छ । यस अघि ऐन लागू भएपछि बीमा समितिका अध्यक्ष तथा सञ्चालकहरु बीमा प्राधिकरण गठन भएसँगै स्वत पदमुक्त हुने र प्राधिकरणको सञ्चालक समितिको गठन नयाँ बन्ने ऐन अनुसार नै हुने व्यवस्था गरेको थियो ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्ष नियुक्तिको सरकारलाई नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने संयोजकत्वमा अर्थमन्त्रालयको सचिव र बीमा क्षेत्रसँग सम्बन्धीत सदस्य सहितको छनोट समिति समिति गठन हुनेछ । उक्त समितिले सिफारिस गरेका मध्येबाट सरकारले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ । यस्तै प्राधिकरण कोषमा जम्मा भएको रकम मध्ये प्राधिकरणको कार्य सञ्चालन, व्यवस्थापन तथा बीमा विकासका लागि वार्षिक रुपमा छुट्टाएको रकमको अतिरिक्त ५० प्रतिशते हुन आउने रकम बाहेक अन्य रकम वार्षिक रुपमा संघीय सञ्चित कोषमा दाखिला हुनेछ ।

प्राधिकरणलाई चुक्ता पूँजी घटाउन आदेश दिन सक्ने व्यवस्था पनि गरेको छ । साविकमा गर्दै आएको बीमाको प्रकार (पोर्टफोलियो) मध्ये कुनै प्रकारको बीमाको इजाजत खारेज भएका वा बीमक समस्याग्रस्त देखिएमा पूँजी घटाउन प्रधिकरणले निर्देशन दिन सक्नेछ । तर प्राधिकरणले तोकेको न्युनतम चुक्ता पूँजी भन्दा कम हुने गरी भने बीमा कम्पनीहरुले पूँजी घटाउन पाउने छैन् ।

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका