जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • प्रभु बैंक लिमिटेड र दि क्लिफबिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र दि क्लिफबिच आकर्षक छुट गर्ने सम्झौता

प्रभु बैंक लिमिटेड र दि क्लिफ प्रालिका बिच दि क्लिफ प्रा.लिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गण्डकी प्रदेश मुख्य व्यवसाय केन्द्र अधिकारी शांन्ती शेरचन र दि क्लिफ प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ईश्वर ध्वज कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र दि क्लिफबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले दि क्लिफद्धारा सञ्चालित स्काई साइक्लिङ्ग, स्काई क्याफे, तथा स्काई ग्लाइडिङ्ग गतिविधिमा १० प्रतिशत छुटका साथै बन्जी जम्पिङ र स्विङ्ग गतिविधि बुकिङ्ग गर्दा यी ६ गतिविधि मध्ये कुनै एक गतिविधिमा निशुल्क सेवा प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत दि क्लिफमा सुविधा लिन चाहने प्रभु बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा दि क्लिफका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

2410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?