जोडिनुहोस
आइतवार, फाल्गुन २४, २०८२
आइतवार, फाल्गुन २४, २०८२
  • होमपेज
  • सिराहाको मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा

सिराहाको मिर्चैयामा कामना सेवाकोे ८३औं शाखा

विकास बैकहरुमा आक्रमक रुपमा शाखा सञ्जाल बिस्तार गरिरहेको कामना सेवा विकास बैंक लिमिटेडले पछिल्लो समय आफ्नो सेवा विस्तारको क्रममा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ६ स्थित थाना चोकमा ८३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं. १ प्रमुख सुजन राई र प्रदेश नं. २ प्रमुख राकेश सिंहले नयाँ वर्षको शुभकामना प्रदान गर्दै संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा संचालक काफ्लेले बैंकको संÔिप्त जानकारी गराउदै पूर्वी नेपालमा व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संÔिप्त जानकारी दिए । यो सँगै प्रदेश नं. २ मा ११ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु पनि सञ्चालनमा आउने बैंकले जनाएको छ ।

8700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका