जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • ९४.९२ अंकले बढ्यो नेप्से सूचक, २ दर्जन कम्पनीमा सकारात्मक सर्किट

९४.९२ अंकले बढ्यो नेप्से सूचक, २ दर्जन कम्पनीमा सकारात्मक सर्किट

आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक ५.१० प्रतिशत अर्थात् ९४.९२ अंकले बढेर १९५६ दशमलव ९८ अंकको बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २३० कम्पनीका ६३ लाख ६३ हजार ५ सय ९० कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब १९ करोड ६१ लाख ४१ हजार ८ सय ४९ रुपैयाँको शेयर कारोबार भएको छ ।

जस मध्ये कुमारी बैंकको सबैभन्दा धेरै ८ करोड ६४ लाख, तथा हिमालयन डिस्टिलरीको ८ करोड ३७ लाख बराबरको कारोबार भएको छ । आज २ दर्जन बढी कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

आज कारोबारमा आएका सबै समुहगत उपसुचक बढेका छन् । जस मध्ये लगनी उपस समुह सबै भन्दा धेरै ८.८७ प्रतिशतले बढेको छ भने ट्रेडिङ उपसमूह ७.७९ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रो पावर र फाइनान्स उपसमूह ७.७ प्रतिशतले बढेका छन् । आज कारोबारमा आएका सबै कम्पनीको मुल्य  बढेको छ । मूल्य घट्नेमा ऋणपत्र र म्युचुअल फण्डको इकैई मात्र छन् ।

3800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका