जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल इन्भेष्टमेण्टले सञ्चालन गर्यो ‘पिच–नीक’ सेवा

नबिल इन्भेष्टमेण्टले सञ्चालन गर्यो ‘पिच–नीक’ सेवा

नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडले पिच–नीक सेवा संचालनमा ल्याएको छ । कम्पनीले उद्यमी बन्न चाहाने  तथा आफ्नो उद्योगलाई अझ विस्तार गरी व्यावसायिक गतिविधि संचालन गर्न चाहने व्यक्ति तथा संस्थाहरुको लागि संस्थागत परामर्श दाता सेवा अन्तर्गत प्रत्येक नेपाली महिनाको अन्तिम शुक्रवारका दिन पिच–नीक सेवा संचालनमा ल्याएको हो ।

कम्पनीले प्रत्येक उद्यमीहरु तथा उद्यमी बन्न चाहनेहरुबाट उनिहरुको सम्भव हुन सक्नेसम्मको उत्तम व्यावसायिक बिचारहरुलाई छानीे उक्त व्ययसायिक सोचलाई वास्तविकतामा बदल्न मद्दत गर्ने जनाएको छ ।

कम्पनीले भविष्यमा संचालनमा ल्याउन लागेको बिशिष्टकृत लगानी कोष अन्तर्गतको प्राइभेट इक्विटी र भेन्चर क्यापिटल कोषहरु मार्फत पनि उत्तम व्यावसायिक विचार र नवीतम सोच भएका उद्यमीहरुको नयाँ क्षेत्रको व्यवसाय आरम्भ गर्न सहज गरिदिने जनाएको छ । साथै भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार गरी भेन्चर क्यापिटलको व्यवस्था मार्फत लगानीको वातावरणलाई सहज गरिदिने जनाएको छ ।

4795
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका