जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सानिमा बैंक लिमिटेड र माइती नेपालबीच सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड र माइती नेपालबीच सम्झौता नवीकरण

सानिमा बैंक लिमिटेड रमाइती नेपालबीच थप दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ । मानव बेचविखन र लैङ्गिक हिंसा विरुद्ध माइती नेपालको अभियानमा सहयोग पु¥याउने उद्देश्यले उक्त सम्झौता नविकरण गरिएको हो ।

सानिमा बैंकले उपलब्ध गराउँदै आएको सहयोगलाई जारी राख्दै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माइती नेपाललाई दशलाख रुपैयाँसहयोग गर्ने भएको छ । माइती नेपालले करिब तीन दशकदेखि महिला तथा बालबालिका बेचविखन विरुद्ध विभिन्न काम गर्दै आइरहेको छ ।

सो समझदारीपत्रमा माइती नेपालको तर्फबाट संस्थापक अनुराधा कोइराला र बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले हस्ताक्षर गरेका छन । सानिमा बैंकको देशभर ८६ शाखाहरु, १७विस्तारित काउन्टर र ९६ एटिएम रहेका छन् ।

8155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका