जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु बैंकको नयाँ शाखा कार्यालय तनहुँको बरादिमा सञ्चालन

प्रभु बैंकको नयाँ शाखा कार्यालय तनहुँको बरादिमा सञ्चालन

प्रभु बैंक लिमिटेडले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार तनहुँ जिल्लाको आबुखैरेनि गाउपालिका वडा नं. ०१ स्थित बरादिमा आफ्नो २१६ औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।

बैंकको बरादि शाखा कार्यालयको समुद्घाटन प्रभु बैंक गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले गरेका हुन् । बैंकको बरादिमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी  शान्ति शेरचनले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्ने बैंकको नीति अनुरूप यो शाखा खोलियको हो ।

बैंकको बरादि शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने छ । साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बरादि शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

1580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका