जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • गरिमा विकास बैंकको मोबाईल बैकिङ्ग स्तरोन्नति

गरिमा विकास बैंकको मोबाईल बैकिङ्ग स्तरोन्नति

गरिमा विकास बैंकले आजको डिजिटल युगमाप्रविधिको मध्यनजर गर्दै थप सेवा सुविधा सहित पुरानो मोबाईल बैकिङ्गएपलाई नयाँओम्नीच्यानल डिजिटलमा स्तरोन्नति गरेको छ । यससँगै, अबयस विकास बैंकको मोबाईल बैकिङ्गएपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ ।

‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंककाग्राहकहरुले ‘एपमापनि, अनिवेबमापनि’एउटै युजरनेम र पासवर्डप्रयोग गरिविभिन्न सुविधाहरु जसअन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्नबिलभुक्तानीहरु (जस्तैः विजुलीको विल, टेलिफोनको विल, ईन्टरनेटको विल, ट्राफिक चिट आदि), मोबाईल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् । साथै,स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाईल बैकिङ्गएप‘डिजि बटुवा’ अझ बढि सुरक्षितएवं ग्राहक मैत्री भएको छ । यस विकास बैंककाग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरि प्रयोग गर्नसक्नुहुनेछ ।

यस विकास बैंकले ग्राहकमैत्रीप्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनिविना चेकबुक शाखाबाट मोबाईल बैकिङ्गमार्फत पैसा निकाल्नमिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो । हाल, गरिमाविकास बैंकले नेपालभर १२० शाखाकार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैकिङ्ग सेवादिदै आईरहेको छ ।
5460
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका