slot 1winmostbet aviator loginpinup1win casinoparimatchmostbet india1win slotluckygetmosbet4r betaviatorpin up casino1win aviatormostbet kzmostbetpin-up1win aviator4rabet bdpin up indialucky jetpin-upmostbet indialucky jet online1win aviatorpinupparimatch1 win indiamostbet kzmosbet casinopin up bet1win yüklə1winaviator 1 winlucky jetmosbetmost betmostbetmostbet casino4era bet1win casinoonewinmostbet aviator login1win lucky jetpin upmostbet azpinup kz1 winpin up 1 win4a betlucky jet
जोडिनुहोस
बुधबार, बैशाख २६, २०८१
बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देशले धान्नै नसक्ने आयात भयो, नाफा मात्रै नहेरेर मुलुक बचाउनतर्फ लाग्नुस् : प्रधानमन्त्री देउवा

देशले धान्नै नसक्ने आयात भयो, नाफा मात्रै नहेरेर मुलुक बचाउनतर्फ लाग्नुस् : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगीहरुलाई नाफा मात्रै नहेर्न आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघको १९औं वार्षिकोत्सवको अवसरमा बोल्दै देउवाले उद्योगीहरुलाई नाफा नहेरी मुलकु बचाउनतर्फ लाग्न आग्रह गरेका हुन् ।

‘देशले धान्नै नसक्ने आयात भयो, नाफा मात्रै नहेरेर मुलुक बचाउनतर्फ लाग्नुस्,’ कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उनले भने ।

समग्र आर्थिक विकासका लागि परिसंघले महत्वपूर्ण काम गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले मेकइन स्वदेशी अभियान लगायतका कार्यक्रमले रोजगारी सिर्जनाका लागि महत्त्वपूर्ण काम गरेको उल्लेख गरे । साथै, जीडिपी र रोजगारी सिर्जना निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको समेत उनले बताए ।

‘कोरोनाले अर्थतन्त्रमा चापेको छ, मुलुकले धान्नै नसक्ने व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिको चाप छ, अब यसको सुधारका लाग सरकार र निजि क्षेत्रबीच समन्वय आवश्यक छ,’ उनले बताए ।

साथै, उनले महंगो वस्तु आयात नगरी स्वदेशी वस्तु प्रगोग र उत्पादन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘महँगो वस्तु आयात गर्नु हुँदैन, स्वदेशी वस्तु प्रयोग र उत्पादन गर्नु पर्ने आवश्यकता रहेको छ, विदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास, विदेशी मुद्रा आर्जन गर्ने व्यवसाय गर्नु पर्ने, रेमिट्यान्स आप्रवाहलाई औपचारिक माध्यमबाट ल्याउनु पर्ने र पेट्रोलियम पदार्थको प्रयोग कम गर्नु पर्ने देखिन्छ,’ उनले बताए ।

त्यस्तै, बजेटलाई सघाउने माौद्रिक नीति आएको र यसको कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

1665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?