जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पुँजी वृद्धिका लागि महालक्ष्मी लाईफले गर्यो मर्जर कमिटी गठन

पुँजी वृद्धिका लागि महालक्ष्मी लाईफले गर्यो मर्जर कमिटी गठन

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले आज आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । कमलपोखरी काठमाण्डौ स्थित होटल हुकुम दरबारमा सम्पन्न सभाले सर्वसम्मतिबाट कम्पनीको अधिकृत पूँजी र जारी पूजी क्रमशः ५ सय करोड र ३ सय  करोड हुने गरी पूँजी बृद्धि गर्ने, सर्वसाधारणलाई ९० करोड बराबरको शेयर निष्काशन गर्ने तथा मर्जर, एक्विजेसन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने गरी निर्णय गरेको छ ।

बीमा समितिले चैत्र १० गतेको निर्देशनबाट कम्पनीको चुक्ता पूँजी ५०० करोड गर्ने निर्देशन दिइसकेपछि संचालक समितिको निर्णय अनुसार पूँजी बृद्धि योजना पेश गरेको थियो । 

सोही योजना बमोजिम बीमा समितिबाट पूँजी बृद्धि गर्ने सहमती लिएर विशेष साधारण सभा आव्हान गरेको थियो। पूँजी बृद्धि योजना बमोजिम मर्जर र एक्विजेशन पछि चुक्ता पूँजी ५०० करोड पुर्याउने उद्देश्यले विशेष साधारण सभा सम्पन्न भए पश्चात बसेको संचालक समितिको ५८ औं बैठकले संचालक सुरेश सापकोटाको संयोजकत्वमा संचालक उमेशलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई सम्मिलित तिन सदस्यिय मर्जर कमिटी गठन गरेको छ । 

3340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका