जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • दरवारमार्ग, हात्तिसार क्षेत्रमा कोरोना संक्रमण फैलियो

दरवारमार्ग, हात्तिसार क्षेत्रमा कोरोना संक्रमण फैलियो

राजधानी काठमाडौंको दरवारमार्ग क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको पाइएको छ । दरवारमार्गमा रहेको नेपाल राष्ट्र बैंकका डुपेटी गभर्नरसहित एक दर्जन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कोरोनाको तीव्र संक्रमणसँगै राष्ट्र बैंकको सो कार्यालय सिल गरिएको छ ।

त्यस्तै हात्तिसारमा रहेको लक्ष्मी बैंकमा पनि कोरोनाको संक्रमण फैलिएको पाइएको छ । हात्तिसारस्थित लक्ष्मी बैंकको शाखा कार्यालय समेत सिल गरिएको छ । हात्तिसारमै रहेको एभरेष्ट इन्स्योरेन्स कम्पनी समेत कोरोनाबाट प्रभावित भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै सो क्षेत्रमा उच्च सतर्ककता अपनाइएको छ । दरबारमार्गमै रहेको अन्य केही क्षेत्रमा समेत कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

पछिल्लो पटक राजधानी काठमाडौंमा कोरोना भाइरस संक्रमण फैलिने क्रम बढ्दो छ । दैनिक पौने हजार हाराहारीमा संक्रमित भेटिने गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमितको कूल संख्या ६९ हजार ३०१ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या तीन करोड २४ लाख २० हजार १०२ पुगेको छ भने मृत्यु हुनेको संख्या नौ लाख ८७ हजार छ ।

5475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका