जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले ऋणपत्र निष्कासन, १० प्रतिशत ब्याज पाइने

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन, १० प्रतिशत ब्याज पाइने

सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि प्रति इकाई एक हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँको ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको छ । जसमा १८ लाख इकाई बैंकले विभिन्न संघ संस्थालाई बिक्री गर्ने छ । बाँकी १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा ६० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएको छ । ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ नामक १० वर्ष अवधिको ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइने छ ।

ऋणपत्रमा असोज २१ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम सम्पूर्ण कित्तामा आवेदन दिन सकिने छ । ऋणपत्रमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

1560
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका