जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनआईसी क्यापिटलको मुनाफा ५ करोड माथि, डिम्याट खाता खोल्नेमा ‘नम्बर वान’

एनआईसी क्यापिटलको मुनाफा ५ करोड माथि, डिम्याट खाता खोल्नेमा ‘नम्बर वान’

चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा एन आई सी एशिया क्यापिटलले ५ करोड ४८ लाख खुद मुनाफा आर्जन गरेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी रु.३६.५७ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो ।

क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत तीन वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत दुईवटा बन्दमुखी योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” र “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” तथा एउटा खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ ।

चौथो रु.१ अर्व बराबरको योजना “एन आई सी एशिया सेलेक्ट–३०” (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिको चरणमा रहेको छ । “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभाशं वितरण गरेको छ ।

ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोश्रो वर्ष १२ प्रतिशत गरि हाल सम्म २२ प्रतिशत लाभाशं वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्षको आठ महिनाको अवधिमै ८ प्रतिशत लाभाशं वितरण गरको छ । उक्त लाभाशं वितरण पश्चात तेस्रो त्रैमासको अन्तमा “एन आई सी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य १७.८६ र “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य १६.५५ तथा पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११.०९ कायम भएको छ ।

क्यापिटलले ४६६ जना ग्राहकहरुबाट रु.१ अर्व १५ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराएको छ । क्यापिटलका अनुसार हालको बजार मुल्यको आधारमा गणना गर्दा उक्त रकम रु.१ अर्व ५४ करोड भन्दा बढी छ जुन गत वर्षको सोही अवधीको तुलनामा १०५.५४ प्रतिशतले बढि हो । हाल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत Income Guaranteed Fund, Priority Services, Share clinic  जस्ता विशेष योजनाहरु संचालन गरिरहेको छ ।

क्यापिटलले तेस्रो त्रैमाससम्म ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । क्यापिटलले समग्र बजारको १०.८६ प्रतिशत हिस्सा ओगट्न सफल भएको जनाएको छ ।

क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझ पु¥याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका ३५२ शाखा कार्यालयहरू तथा ७५ वटा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको उल्लेख गरेको छ । साथै, पछिल्लो समयमा डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकैअसहज भईरहेको जनगुनासो बारम्बार आईरहेको हुँदा क्यापिटलले नेपालको जुनसुकै भू–भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुलाई १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने व्यवस्था मिलाइसकेको क्यापिटलले जनाएको छ ।

 

5455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका