जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नेशनल लाइफ इन्स्योरेन्सको चार दिने वार्षिक सम्मेलन, शाखा कार्यालयहरु पुरस्कृत

नेशनल लाइफ इन्स्योरेन्सको चार दिने वार्षिक सम्मेलन, शाखा कार्यालयहरु पुरस्कृत

‘रिचिङ द पिनाकल २०७९/८०’ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्सले चार दिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ लुम्बिनीमा सम्पन्न गरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गरिएको कम्पनीले जनाएको छ। जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटो बारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको बताइएको छ।

सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढीको सहभागिता रहेको कम्पनीले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बीमा व्यवसाय झनै प्रतिष्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितीमा आफ्नो दक्षता र मेहेनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व आएको बताए। आपसी समन्वय गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्रस्थानमा पुर्‍याउन सबैले अधिकतम प्रयास गर्नुपर्ने सुझाव उनले दिए।

आव २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्ने पाँच शाखा कार्यालय लगायत वार्षिक लक्ष्य पुरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान तथा पुरस्कृत गरिएको बताइएको छ।

3955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?