जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ‘एक्सेल समृद्धि बचत खाता’

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी “एक्सेल समृद्घि बचत खाता” संचालनमा ल्याएको छ । यसबचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्तगर्न सकिने बैंकले जनाएको छ । न्यूनतम २ हजारमा खाता खोल्न सकिने छ भने ब्याज मासिक रुपमा प्राप्त हुनेछ । “एक्सेल समृद्घि बचत खाता” सबै उमेर समुहका नेपाली नागरिकहरुले खोल्न सक्नेछन् ।

“तपाईको स्थानीय साझेदार” को नारा लिएको यस बैंकले स्थानिय स्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ्ग सुबिधाहरु समेत उपलब्ध गराउने छ । जस अन्र्तगत निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक , अन्य बैंकको एटएएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुने जनाएको छ ।

हाल बैकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दती निक्षेपहरु पनि संचालनमा रहेका छन् ।

1960
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका