जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१

आइएमई लाइफको नाफा घट्यो

आइएमई लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन २६ दशमलव १८ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले २ अर्ब ७३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीको नाफा गत आर्थिक वर्षमा १ दशमलव ३४ प्रतिशतले घट्दै १२ करोड ८६ लाख पुगेको छ भने अघिल्लो आर्थिक वर्षमा कम्पनीको नाफा १३ करोड ४ लाख थियो ।

१ अर्ब ४० करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडामा ७७ करोड ६८ लाख रुपैयाँ संचित छ भने जीवन बीमा कोषमा १ वर्षको अवधिमा ५८ दशमलव ५३ प्रतिशत वृद्धि हुँदै ४ अर्ब ७१ करोड पुगेको छ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ९ रुपैयाँ १९ पैसा र किताबी मूल्य १६१ रुपैयाँ ६५ पैसा छ । गत आर्थिक वर्षमा ८७ करोड ७० लाख खुद दावी भुक्तानी गरेको कम्पनीले २ करोड १९ लाख भुक्तानी गर्न बाँकी दावी रकम रहेको छ ।

1480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका