जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सूर्य नेपालले गर्‍यो साढे २४ अर्बको व्यापार, खुद नाफा साढे ९ अर्ब

सूर्य नेपालले गर्‍यो साढे २४ अर्बको व्यापार, खुद नाफा साढे ९ अर्ब

सूर्य ब्रान्डमा चुरोट उत्पादन गर्ने सूर्य नेपाल प्रालिले सन् २०२१ मा साढे २४ अर्बको व्यापार गरेको छ । नेपाली बजारमा सबैभन्दा ठूलो चुरोट उत्पादक कम्पनीको रुपमा स्थापित सूर्य नेपालले सन् २०२१ मा २४ अर्ब ४९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२० मा २४ अर्ब ४७ करोड १० लाख रुपैयाँ र सन् २०१९ मा २५ अर्ब १३ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

भारतीय कम्पनी आईटीसीको हिस्सा रहेको सूर्य नेपालले चुरोटसँगै, सलाई अगरवत्ति र चकलेट उत्पादन गर्दै आएको छ ।

विगत ३५ वर्षदेखि निरन्तर चुरोट उत्पादन गर्दै आएको कम्पनीले विभिन्न ब्रान्ड जस्तै सूर्य लेजेन्ड, सूर्य २४ क्यारेट, सूर्य लक्जरी, शिखर आइस रस, नौलो, खुकुरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

एफएमसीजी कम्पनीमध्ये सबैभन्दा बढी व्यापार गर्दै आएको कम्पनीको देशभर १ सयभन्दा बढी वितरक छन् ।

भारतीय कम्पनी आईटीसीका अध्यक्षसमेत रहेका सन्जिव पुरी नै कम्पनीका अध्यक्ष रहेको कम्पनीले जनाएको छ ।

कम्पनीअनुसार सान् २०२१ मा ९ अर्ब ४१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२० मा ९ अर्ब ८४ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले केयर रेटिङ नेपालमार्फत् अल्पकालीन कर्जाका लागि ५ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । जसमा केयर रेटिङले एवान रेटिङ दिएको छ

1275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका