जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • नबिल र मुक्तिनाथ विकास बैंकबीच सम्झौंता, मुक्तिनाथलाई गैर कोषमा आधारित बैंकिङ सुविधा दिने

नबिल र मुक्तिनाथ विकास बैंकबीच सम्झौंता, मुक्तिनाथलाई गैर कोषमा आधारित बैंकिङ सुविधा दिने

नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।

सम्झौतापछि मुक्तिनाथका ग्राहकले नबिलमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स र लोकल बैंक ग्यारेन्टी सुविधा उपभोग गर्न पाउनेछन्।

मुक्तिनाथका ग्राहकहरुले आधुनिक बैंकिङ सुविधाहरु उपभोग गर्ने अवसर पाउने नबिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सम्झौतापछि दुई बैंक बीच निक्षेप, रेमिट्यान्स, निर्देशित क्षेत्रमा लगानी, सह–वित्तीयकरण कर्जा, विदेशी मुद्रा सम्बन्धि अन्य कारोबार समेत अगाडी बढाउने लक्ष्य राखिएको छ।

नबिलका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मुक्तिनाथका ग्राहकलाई विस्तारित बैंकिङ सुविधा दिन पाउँदा खुशी लागेको बताए। मुक्तिनाथका सिइओ प्रद्युमन पोखरेलले वैदेशिक व्यापारमा संलग्न ग्राहकलाई फाइदा पुग्ने बताए।

5120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका