जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क मुद्धती खाता’

नबिल बैंकले ल्यायो ‘नबिल ढुक्क मुद्धती खाता’

नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । ‘नबिल ढुक्क मुद्धती खाता’ अन्तर्गत ग्राहक वर्गले मुद्धतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणा सम्म रकम प्राप्त गर्न सक्नेछन् ।

यो मुद्धती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्धती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ ।

विप्रेषण अन्र्तगत खोलिने ढुक्क मुद्धती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले तीन लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सक्नेछन् ।

1275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका