जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • आफ्नै कर्मचारी विरुद्ध उजुरी माग्दै बीमा समितिका अध्यक्ष

आफ्नै कर्मचारी विरुद्ध उजुरी माग्दै बीमा समितिका अध्यक्ष

बीमा कम्पनीहरुको अनुगमन र नियमनमा खटिएका बीमा समितिका जिम्मेवार कर्मचारी नै गलत धन्दामा संलग्न रहेको गुनाो आएपछि बीमा समितिले गोप्य उजुरी गर्नको लागी आग्रह गरेको छ ।

कार्यकारी निर्देशक राजुरमण पौडेलले मंगलबार सबै बीमा कम्पनीहरुलाई संयुक्त परिपत्र जारी गर्दै गैर व्यवसायीक कृयाकलापमा संलग्न कर्मचारीबारे तत्कालै बीमा समितिको अध्यक्षलाई सम्बोधन गरी गोप्यरुपमा सूचना उपलब्ध गराउन अनुरोध गरेका हुन् ।

समितिले प्राप्त गुनासाहरु गोप्य रहने आश्वासन दिएको छ । परिपत्रमा बीमा समितिद्वारा प्रवाह हुने सेवा र स्थलगत निरिक्षणमा संलग्न केही कर्मचारीको व्यवहार अमर्यादित र अनुशासहिन तथा धाकधम्कीपूर्ण र अनुचित लाभमा केन्द्रित रहने गरेको गुनासो आएकोमा ध्यानाकर्षण भएको जनाउँदै यस्तो परिपत्र जारी गरेको हो ।

1700
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?