जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बैंक अफ काठमाण्डूका कार्ड बाहकहरुलाई दराज र सस्तोडिलमा छुट योजना

बैंक अफ काठमाण्डूका कार्ड बाहकहरुलाई दराज र सस्तोडिलमा छुट योजना

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो डेबिट तथा क्रेडिट कार्ड बाहकहरुलाई दराज र सस्तोडिलमा नयाँ वर्षमा विशेष छुट सहितको योजना ल्याएको छ । नेपालीहरुको नयाँ वर्ष २०७९ लाई लक्षित गरी बैंकले यस्तो योजना ल्याएको हो । 

बैंकका कार्ड बाहकहरुले दराजबाट आफुलाई आवश्यक सामान खरिद गर्नुपरेमा आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १५ प्रतिशतसम्मको छुटको सुबिधा उपयोग गन सक्नेछन् । बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान दराजबाट खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको क्रेडिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत वा अधिकतम एक हजार पाँच सय र डेबिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम एक हजार रुपैयाँसम्म छुटको पाउनेछन् ।  

साथै, कार्डबाहकहरुले सस्तोडिलमा आफुलाई आवश्यक सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुभएमा २० प्रतिशत वा अधिकतम दुई हजारसम्मको छुट पाउनेछन् । यस नयाँ वर्षको योजनामा बैंकको कार्डबाहकहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।  

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका