जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित

सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित

नयाँ र ग्राहक उपयोगी, सेवा र सुविधा प्रदान गर्दै आएको सन््राइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ अवार्डबाट सम्मानित भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.निलम डुंगानाको समुपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको थियो । बैंकले सहकारी सदस्यहरुलाई भिसा Network भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको छ । यसका साथै समय साप्रेक्षरुपमा प्रविधि युक्त विभिन्न सेवा सुविधाहरु समेत दिदै आएको छ जस्मा Cardless withdrawal, tap & pay, आफ्नै फोटो राख्ने डेबिट काडर्, मिस्डकल रिचार्ज, Online account openingआदि हुन् । हाल बैंकले आफ्ना ग्राहकहरूलाई ३ लाख भन्दा बढी भिसा कार्डहरू जारी गरेको छ । बैंकले १३९ वटा शाखा,९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

1500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका