जोडिनुहोस
बिहिबार, बैशाख ६, २०८१
बिहिबार, बैशाख ६, २०८१

हालको खबर

  • होमपेज
  • लक्ष्मी बैंकले २ अर्बको डिबेञ्चर जारी गर्दै

लक्ष्मी बैंकले २ अर्बको डिबेञ्चर जारी गर्दै

लक्ष्मी बैंकले जारी गर्ने १० प्रतिशतको लक्ष्मी बैंक डिबेञ्चर, २०८६ को निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सोमबार दुवै कम्पनीबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो । सो ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।

लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कुल २ अर्बको ऋणपत्र निश्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ । लक्ष्मी बैंकले ४६ जिल्लामा १०१ शाखा, ५ हस्पिटल सेवा काउन्टर, ११८ एटीएम, २५सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्टबाट सेवा प्रवाह गर्दै आएको छ ।

5730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका