जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एक सातामा बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

एक सातामा बैंकहरुको निक्षेप ११ अर्बले बढ्यो

एक सातामा वाणिज्य बैंकहरुको ११ अर्ब रुपैयाँ निक्षेप थपिँदा कर्जा लगानी १ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघकाअनुसार एक साताको अवधिमा वाणिज्य बैंकको निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ १० गतेसम्म ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकमा निक्षेप बढे पनि कर्जा प्रभाह १ अर्ब रुपैयाँले मात्रै बढेको छ । भदौ १० गते ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेकोमा १७ गतेसम्म १ अर्ब रुपैयाँले बढेर कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । संघका अनुसार भदौ १७ गतेसम्म बैंकको कर्जा–निक्षेप (सीडी रेसियो) ८८.२५ प्रतिशत रहेको छ ।

1120
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?