जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • हिमालयन जनरलको खुद बीमा शुल्क आर्जन ४९%ले बढ्यो

हिमालयन जनरलको खुद बीमा शुल्क आर्जन ४९%ले बढ्यो

साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७८ /७९ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा सकारात्मक प्रगति देखिएको छ । यस अवधिसम्ममा कम्पनीले १४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३ दशमलव ८८ प्रतिशतले बढी हो ।

१ अर्ब १७ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २४ करोड २६ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको जगेडा कोषको आकार घटेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २४ करोड ९२ लाख रुपैयाँ थियो । यस अवधिमा कम्पनीको बीमा कोषमा ६९ करोड ९ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ४१ करोड ६१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ८० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४९ प्रतिशतले बढी हो ।

कम्पनीले यस अवधिमा १८ करोड २७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८१ पैसा रहेको छ । यस अवधिमा कम्पनीले ५० करोड ९५ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । यस अवधिमा भुक्तानी हुन बाँकी दाबी रकम ८५ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका