जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • विदेशी बैंकलाई नेपालमा शाखा खोल्न लचिलो नीति

विदेशी बैंकलाई नेपालमा शाखा खोल्न लचिलो नीति

नेपाल राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाहरुको शाखा नेपालमा शाखा चाहिने पुँजी १० गुणाले घटाएको छ । राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाको शाखा स्थापनाका लागि सन् २०१० मा जारी भएको नीति परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाले नेपालमा शाखा स्थापना गर्दा चुक्ता पूँजीको सीमा १० गुणाले घटाएर कम्तिमा २ करोड अमेरिकी डलर अर्थात् २ अर्ब रुपैयाँ भए पुग्ने व्यवस्था गरेको छ । यसअघि विदेशी बैंकले नेपालमा शाखा खोल्न २० अर्ब नेपाली रुापैयाँ चुक्ता पुँजी आवश्यक पर्ने नीति थियो ।

विदेशी बैंकले शाखा विस्तार गर्दा थप ५० करोडको दरमा पूँजी राख्दै जानुपर्ने व्यवस्था हटाइएको छ । कर्जा लगानी गर्न सक्ने सीमाहरूमा भने परिवर्तन गरिएको छैन ।

विदेशी बैंकले अधिकतम १० करोड (१० अर्ब) रुपैयाँसम्म संस्थागत निक्षेप संकलन गर्न सक्नेछन । त्यस्तै, २० करोड (२० अर्ब) रूपैयाँसम्म मात्र कर्जा लगानी गर्न पाउँछन् । नेपालमा कारोबार गर्न अनुमति प्राप्त गरेको विदेशी बैंकले नेपालमा थोक बैंकिङको मात्रै अनुमति प्राप्त गर्नेछ । राष्ट्र बैंकले ०६६ देखि विदेशी बैंकका शाखा खोल्न सकिने नीतिगत व्यवस्था भए पनि हालसम्म मुलुकमा कुनै पनि विदेशी बैंकले शाखा खोलेका छैनन् ।

राष्ट्र बैंकले १२ वर्षअघि विदेशी बैंकलाई नेपालमा शाखा खोल्न पाउने नीति जारी गरेकाे थियाे । तर हालसम्म कुनै पनि विदेशी बैंकले नेपालमा शाखा खोलेका छैनन्। केही बैंकहरूले सम्पर्क कार्यालय भने खाेलेका छन् ।

कतारको दोहा बैंक, यूएईको मसरेक बैंक र भारतको आईसीआईसीआई बैंकले मात्र सम्पर्क कार्यालय खोलेका हुन् । सम्पर्क कार्यालयबाट बैंकिङ कारोबार गर्न पाइँदैन। विदेशी बैंकहरूले नेपालमा सम्पर्क कार्यालय खोल्दा वार्षिकरूपमा ५ हजार अमेरिकी डलर शुल्क बुझाउनुपर्ने प्रावधानसमेत राष्ट्र बैंकले निर्देशिकामा थपेको छ।

राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै विदेशी बैंकहरूले शाखा खोल्दा कम्तीमा २ करोड अमेरिकी डलर चुक्ता पूँजी भए पुग्ने व्यवस्था गरेको हाे । यसअघि न्यूनतम चुक्ता पूँजी २ करोड अमेरिकी डलर (करिब अढाइ अर्ब) तोकिएपनि सन् २०१४ मा संशोधन गरि नेपाली बैंकहरूको विद्यमान पूँजीअनुसार नै कायम गर्नुपर्ने व्यवस्था थप गरिएको थियो।

हाल नेपालका वाणिज्य बैंकहरूको न्यूनतम चुक्ता पूँजी ८ अर्ब रुपैयाँ कायम रहेकाले विदेशी बैंकले पनि शाखा खोल्दा उक्त रकमअनुसार नै पूँजी कायम गर्नु पर्ने नियम थियाे । तर, नयाँ निर्देशिकाले २ करोड अमेरिकी डलर भए पुग्ने व्यवस्था गरेको छ।

यसअघिको प्रावधानका कारण विदेशी बैंकहरू आकर्षित नभएकाले पुरानाे व्यवस्थामा परिवर्तन गर्नु परेकाे बताइएकाे छ। अब विदेशी बैंकहरू नेपालमा आकर्षित हुने राष्ट्र बैंककाे विश्वास छ। नयाँ निर्देशिका अनुसार विदेशी बैंकका शाखाले ठूलो रकमको निक्षेप संकलन तथा कर्जा लगानी गर्न पाउनेछन्।

शाखा बन्द गर्न स्वीकृति लिनुपर्ने

नेपालमा खुलेको विदेशी बैंकका शाखाले आफ्नो शाखा बन्द गर्नु परेमा राष्ट्र बैंकको स्वीकृति लिएर शाखाको सम्पूर्ण दायित्व भुक्तानी गरेर मात्र आफ्नो शाखा बन्द गर्नसक्ने कानूनी प्रावधान छ ।

‘शाखाको नियमित कारोबारको सिलसिलामा बाहेक विदेशी बैंक वा वित्तीय संस्थाको शाखाको कुनै पनि पदाधिकारी वा कर्मचारीले त्यस्तो शाखाको कुनै सम्पत्ति अर्को मुलुकमा स्थानान्तरण गरेमा, सोको स्वीकृति दिएमा, त्यसो गर्न अख्तियारी दिएमा वा सो कार्यलाई मद्दत गर्ने वा पुग्ने कुनै कार्य गरेमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ,’ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा उल्लेख छ ।

3235
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका