जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • नेप्सेबाहेक स्थापना हुने एक्सचेन्जको पुँजी ३ अर्ब, विदेशी एक्सचेन्जलाई लगानीको बाटो खुल्यो

नेप्सेबाहेक स्थापना हुने एक्सचेन्जको पुँजी ३ अर्ब, विदेशी एक्सचेन्जलाई लगानीको बाटो खुल्यो

नेपाल स्टक एक्सचेन्जबाहेक अब स्थापना हुने एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब रुपैयाँ हुनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सञ्चालन नियमावली २०७९ सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको छ।

बोर्डले चुक्ता पुँजीको वर्तमान प्रावधानलाई संशोधन गरी ३ अर्ब रुपैयाँ पुर्‍याएको हो। यसअघि स्टक एक्सचेन्जको चुक्ता पुँजी ५ करोड रुपैयाँ मात्रै भए पुग्थ्यो। सञ्चालनमा रहेको सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जलाई भने यो व्यवस्या लागु नहुने संशोधित नियमावलीमा उल्लेख छ।

त्यसैगरी नियमावलीको व्यवस्था अनुसार स्थापना हुने स्टक एक्सचेन्जले सञ्चालनमा आएको दुई वर्ष भित्र ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी समेत गर्नुपर्नेछ। व्यवस्था अनुसार एक्सचेन्जको जारी पुँजीको ३० प्रतिशत कम्पनीले आइपीओ जारी गर्नुपर्छ।

नेपालबाहेक अन्य मुलुकमा धितोपत्र बजार सञ्चालन गरेका कम्पनीले पनि स्टक एक्सचेन्जमा लगानी गर्ने व्यवस्था छ। पछिल्लो १० वर्षदेखि धितोपत्र बजार सञ्चालन गर्दै आएका तथा नेपालमा लगानी गर्न स्वीकृति पाएका यस्ता कम्पनीले नेपाली स्टक एक्सचेन्जमा लगानी गर्न पाउने छन्।

नेपालको कानुन बमोजिम स्थापना भएका प्राइभेट तथा संगठित संस्थाले मात्र एक्सचेन्जको संस्थापक लगानीकर्ता बनेर लगानी गर्न पाउनेछन्। तर एक्सचेन्जमा कुनै एक कम्पनी वा सम्बन्धित कम्पनीका सञ्चालकको १५ प्रतिशतभन्दा बढी स्वामित्व रहन बन्देज लगाइएको छ।

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका