जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आईएमई पेमार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

आईएमई पेमार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

आइएमई पे र फोन पेबीच समझदारी भएको छ। सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेव्लप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार क्युआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ। त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।

चाडपर्वको अवसर पारी फोनपेले दशैँमा १० दिनको र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ। यसमार्फत प्रयोगकर्ताहरुले हरेक दिन आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख रुपैयाँ जित्ने मौका पाउनेछन्।

यसको साथै यही असोज १४ गते पर्ने आईएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट (अधिकतममा सय रुपैयाँ) पनि प्राप्त गर्न सक्नेछन्।

समझदारीले प्रयोगकर्ताहरुलाई चाडपर्वको किनमेल गर्न सहजता पु¥याउनुका साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले विश्वास राखेका छन् ।

2140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका