जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीहरुको कमाई डरलाग्दो १ महिनामै ९ अर्ब बढिः पहिलो राष्ट्रिय बीमा संस्थान दोस्रो नेशनल लाईफ, तेस्रो नेपाल लाईफ इन्स्योरेन्स

जीवन बीमा कम्पनीहरुको कमाई डरलाग्दो १ महिनामै ९ अर्ब बढिः पहिलो राष्ट्रिय बीमा संस्थान दोस्रो नेशनल लाईफ, तेस्रो नेपाल लाईफ इन्स्योरेन्स

जीवन बीमा कम्पनीहरुको भाद्र महिनाको कमाई डरलाग्दो मात्रै छैन पत्याउनै गाह्रो छ भन्दा अब फरक पर्दैन । बीमा शुल्क संकलनमा सरकारी स्वामित्वको बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले सबैभन्दा बढि बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सबैभन्दा पूरानो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी देखिएको छ भने तेस्रोमा सबैभन्दा बढि चुक्ता पुजी भएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको देखिन्छ । भन्दा अब फरक पर्दैन । एक महिनामै जीवन बीमा कम्पनीहरुले साढे नौं अर्ब रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत भदौ महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ९ अर्ब ५२ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । भन्दा फरक पर्दैन ।
जीवन बीमा कम्पनीहरुले ८ लाख १५ हजार ३६६ वटा बीमालेख जारी गरेका थिए । त्यस्तै, जीवन बीमा कम्पनीहरुले भदौ महिनामा प्रथम बीमाशुल्कबाट दुई अर्ब ३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् भने ७ अर्ब ४८ करोड ५५ लाख रुपैयाँ नवीकरण मार्फत बीमाशुल्क संकलन गरेको देखिन्छ ।

बीमा प्राधिकरणका अनुसार भदौ महिनासम्म जीवन बीमा कम्पनीहरुले २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । यस अवधिमा कम्पनीहरुले चार अर्ब ३३ करोड ५३ लाख रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् भने २४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नवीकरण वापत बीमा शुल्क संकलन गरेका हुन् । भन्दा फरक पर्दैन । भदौ महिनामा राष्ट्रिय बीमा संस्थानले २२ करोड ५१ लख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले एक अर्ब १० करोड ९ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ७८ करोड ८० लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले एक अर्ब १३ करोड ७८ लाख र मेट लाइफले ४२ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका देखिन्छ ।

त्यस्तै, भदौ महिनामा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ९८ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने आइ मई लाइफ इन्स्योरेन्स कम्पनीले १६ करोड ३२ लाख रुपैयाँ संकलन गरेको छ । यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड ५ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १८ करोड ९३ लाख, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ३० करोड ७१ लाख र सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ४० करोड ३० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको देखिन्छ । त्यसैगरि, भदौ महिनामा सानिमा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले २६ करोड ५७ लाख रुपैयाँ बीमाशुलक संकलन गर्दा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ८९ करोड ७ लाख रुपैयाँ संकलन गरेको छ । यस महिना प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले २२ करोड ७६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको बीमा प्राधिकरणले जनाएको छ ।

1075
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका