जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआईसी एसिया बैंकलाई परेको उजुरीमा राष्ट्र बैंकले माग्यो जवाफ

एनआईसी एसिया बैंकलाई परेको उजुरीमा राष्ट्र बैंकले माग्यो जवाफ

एनआईसी एसिया बैंकले अचाक्ली ब्याज लिएर महामारीमा पनि ग्राहकलाई समस्यामा पारेको भन्ने उजुरीपछि नेपाल राष्ट्र बैंकले जवाफ माग गरेको छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले एनआईसी एशिया बैंकलाई पत्रचार गर्दै ‘बाहिर आएका विषय वस्तुमा के कसो भएको हो सो बारे तत्कालै जानकारी गराउनू’ भन्दै पत्राचार गरेको हो ।

एनआईसी एसिया बैंकले पछिल्लो समय ग्राहकलाई सामान्य मौका समेत नदिई घरजग्गा लिलामी घर खाइदिएको आरोप समेत झेल्दै आएको छ । बैंकले पछिल्लो समय अत्यधिक ब्याजदर लिने गरेको गुनासो बढेको छ ।

बैंकको विराटनगर शाखाले घर कर्जाको ब्याजदर ९ प्रतिशतबाट बढेर करिब १६ प्रतिशत पुगेको भन्दै ऋणीलाई पत्राचार गरेको थियो । तर, बैंकको बेस रेट ६.७७ प्रतिशत रहेको छ ।

बेस रेटमा सामान्य तया २ प्रतिशत प्रिमियम जोडेर अन्य बैंकहरुले ऋण लगानी गर्दै आएका छन् ।

6175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?